• About
  • Advertise
  • Careers
  • Contact
Sunday, September 27, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको व्यस्तता, विभिन्न देशका प्रतिनिधिसँग भेटवार्ता

रिजन ढकाल by रिजन ढकाल
८ आश्विन २०८३, बिहीबार
A A
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको व्यस्तता, विभिन्न देशका प्रतिनिधिसँग भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशका समकक्षी तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँग भेटवार्ता गरिरहेका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार न्युयोर्क पुगेका खनालले महासभाका औपचारिक कार्यक्रमसँगै द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सहभागिता जनाउँदै नेपालका समसामयिक विषयबारे छलफल गरिरहेका छन्।

भारत र जापानका विदेशमन्त्रीसँग भेट

परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस. जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपालमा हालै आएको रसुवाको बाढी तथा त्यसबाट भएको क्षतिबारे जानकारी दिँदै विपद्का बेला भारतबाट प्राप्त सहयोगप्रति उनले धन्यवाद व्यक्त गरेको बताइएको छ।

जवाफमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपाल र नेपाली जनताप्रति सहानुभूति व्यक्त गरेका थिए।

खनालले जापानी विदेशमन्त्री मोतेगी तोसिमीत्सुसँग पनि भेटवार्ता गरेका छन्। भेटमा नेपालमा हालै आएको विपद् र त्यसपछि आवश्यक सहयोगका विषयमा छलफल भएको थियो।

जापानी विदेशमन्त्रीले नेपाललाई आपत्कालीन, मध्यकालीन र दीर्घकालीन सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै तत्कालका लागि ३० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ। सो अवसरमा काठमाडौंमा नोभेम्बरमा आयोजना हुने नेपाल–जापान फेस्टिभलले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वाससमेत जापानी पक्षले व्यक्त गरेको बताइएको छ।

अमेरिकासँग पनि विपद् सहयोगबारे छलफल

न्युयोर्कमा खनालले अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग पनि भेट गरेका छन्।

भेटका क्रममा नेपालमा बाढीबाट प्रभावित नागरिकप्रति अमेरिकी पक्षले सहानुभूति व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

त्यसपछि अमेरिकाले नेपालका लागि थप ३ करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेको जनाइएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सहयोगमध्ये स्थायी पुल निर्माणका लागि १ करोड डलर छुट्याइएको छ।

त्यस्तै, खानेपानी, सरसफाइ, आश्रय तथा बाढी प्रभावित समुदायको सहयोगका लागि ८० लाख डलर र विपद् निगरानी तथा सूचना संकलनका लागि करिब १ करोड ३० लाख डलर बराबरका ड्रोन उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ।

जलवायु न्यायलाई प्राथमिकता

महासभाको अवसरलाई उपयोग गर्दै मन्त्री खनालले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाइरहेका छन्।

उनले युगान्डा, माल्दिभ्सलगायत देशका विदेशमन्त्रीसँग भेट गरी नेपालका जलवायुजन्य चुनौती तथा पछिल्लो बाढीबाट भएको क्षतिबारे जानकारी गराएको नेपाली स्थायी नियोगले जनाएको छ।

नेपालले जलवायु परिवर्तनमा तुलनात्मक रूपमा न्यून योगदान गरे पनि त्यसबाट हुने विपद्को असर भोग्नुपरेको विषयलाई मन्त्री खनालले विभिन्न बैठक तथा भेटवार्तामा उठाउँदै आएको बताइएको छ।

लगानी र व्यापारबारे पनि छलफल

परराष्ट्रमन्त्री खनालले अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग समेत भेट गरेका छन्। उक्त भेटमा नेपालमा लगानीको सम्भावना, व्यापार तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ।

यसअघि उनले भारत सरकारले आयोजना गरेको ‘ग्लोबल साउथ’ सम्बन्धी कार्यक्रममा सहभागिता जनाउँदै मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गरेका थिए।

प्रधानमन्त्री शाह पनि न्युयोर्कमा

यसैबीच, संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह पनि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार न्युयोर्क पुगेका छन्।

प्रधानमन्त्री शाहले शुक्रबार नेपाली समयअनुसार बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको महासभा सम्बोधनसँगै परराष्ट्रमन्त्री खनालले विभिन्न साइडलाइन बैठक तथा द्विपक्षीय भेटवार्तालाई निरन्तरता दिने कार्यसूची रहेको बताइएको छ।

खनाल केही दिन न्युयोर्कमै रहने भएकाले थप देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीसँग भेटवार्ता हुने कार्यक्रम रहेको नेपाली स्थायी नियोगले जनाएको छ।

परराष्ट्रमन्त्रीसँगै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई तथा वासिङ्टन डीसीस्थित नेपाली दूतावासका प्रतिनिधिहरू पनि महासभासम्बन्धी कार्यक्रममा सहभागी छन्। संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा पनि विभिन्न साइडलाइन बैठकमा सहभागी भइरहेका छन्।

Previous Post

संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ– सांसद न्यौपाने

Next Post

दैलेखको ग्यास उत्खननदेखि गुठी विधेयकसम्मः संसदमा सांसद पोखरेलले उठाए चार प्रमुख विषय

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In