काठमाडौं । लगातार भइरहेको वर्षाका कारण ललितपुरको च्यासल क्षेत्रमा नदीको पानीको सतह बढेपछि गृहमन्त्री सुधन गुरुङले शुक्रबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय आसपास मनोहरा खोलाको पानी सडकको सतहसम्म आइपुगेको छ। वर्षा निरन्तर भइरहेकाले नदीको बहाव थप बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्री गुरुङले सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।
स्थलगत अवलोकनका क्रममा उनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई आवश्यक पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
नदीको बहाव बढ्दै गएको अवस्थामा जोखिमयुक्त क्षेत्रको निगरानी बढाउन तथा आवश्यक परे तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई भनिएको छ।
