• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, September 29, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

लगातारको वर्षाले बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्लामा अति उच्च जोखिम

रिजन ढकाल by रिजन ढकाल
११ आश्विन २०८३, आईतवार
A A
लगातारको वर्षाले बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्लामा अति उच्च जोखिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आइतवार देशभरका नदी तथा खोलाहरुमा बाढीको जोखिम रहेको जनाएको हो । महाशाखाका अनुसार गण्डकी प्रदेशका केही जिल्लामा बाढीको जोखिम अति उच्च रहेको छ । महाशाखाका असिस्टेन्ट हाइड्रोलोजिस्ट प्रभाकर यादवले गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भएको वर्षाका कारण नारायणी बेसिनअन्तर्गतका म्याग्दी, कालीगण्डकीलगायत नदीमा पानीको सतह उल्लेख्य बढेको बताएका छन् । ती क्षेत्रमा बाढीको जोखिम उच्च रहेको उनले बताएका छन् ।

नारायणी बेसिनका त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र नारायणी नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । आइतवार दिउँसोसम्म बहाव थप बढेपछि क्रमशः घट्दै जाने अनुमान गरिएको छ । तर सोमवार पुनः उल्लेख्य वृद्धि हुनसक्ने महाशाखाले जनाएको छ ।

कोशी बेसिनका सप्तकोशी, तमोर, अरुण र दूधकोशीलगायत नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । कोशी बेसिनका नदीहरुमा सोमवारसम्म बहाव बढ्ने सम्भावना रहेको र त्यसपछि सामान्य घटबढ हुने उनले बताएका छन् ।

कर्णाली, चेपाङ र ठूलीभेरीलगायत नदीमा पनि पानीको बहाव बढ्ने र त्यसपछि क्रमशः घट्दै जाने पूर्वानुमान छ । महाकाली र कन्काई नदीमा समेत बहाव उल्लेख्य बढ्ने देखिएको छ । कमला नदी भने सामान्य अवस्थामा फर्किएको र सोमवारदेखि सामान्य रहने महाशाखाको अनुमान छ ।

पूर्वी राप्ती, तिनाउ, बाणगंगा र बबई नदीमा पनि पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । रातिको बाढीका कारण तिनाउमा बहाव उल्लेख्य बढ्ने र त्यसपछि क्रमशः घट्ने यादवले बताएका छन् ।

उनले भने, ‘गण्डकी प्रदेशतिरको वर्षाले नारायणी बेसिनको जति नि खोलाहरु छन्, हाम्रो म्याग्दी, कालीगण्डकी यो खोलाहरुमा पानी बढेर त्यस क्षेत्रमा बाढी धेरै बाढी आएको देखिन्छ । कोशी नदीको सप्तकोशी, तमोर, अरुण, दूधकोशी लगायतका खोलाहरुमा आज अलिकति उल्लेखनीय बढ्ने, पानीमा उल्लेखनीय बढ्ने देखिन्छ । त्यसपछिका आउँदो ५ दिन हेर्दाखेरि भोलिसम्म अलिअलि उल्लेखनीय बढ्ने, तर त्यसपछि सामान्य घटबढ हुनेछ । उता खासै बाढीको आउने अवस्था देखिँदैन । त्यसैगरी नारायणी बेसिनको कुरा गर्दाखेरि नारायणी नदीका त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती अनि नारायणी लगायतका नदी नदीहरुमा आज एकदम उल्लेखनीय बढेको छ । यो बाहेक आज दिउँसोसम्म एकदम धेरै बढेर अनि बिस्तारै घट्दै जाने क्रम देखिन्छ । साथै नदीको बाहेक भोलि पनि उल्लेखनीय बढ्ने र त्यसपछि सामान्य हुँदै जाने देखिन्छ । कर्णाली नदीको कुरा गर्दाखेरि कर्णाली, चेपाङ, ठुलीभेरी लगायतका नदीहरु आज उल्लेखनीय बढ्ने र त्यसपछिका दिनहरुमा अब बिस्तारै घट्दै जाने देखिन्छ । अझै पश्चिमको नदीहरु महाकाली, कन्काई, नदीहरुमा पनि यो उल्लेखनीय बढ्ने देखिन्छ । पूर्वको कमलाको नदी सामान्य भइसकेको छ । पश्चिमका पूर्वी राप्ती, तिनाउ, बानगङ्गा अनि बबई नदीहरुमा पूर्वी राप्ती, बानगङ्गाहरु उल्लेखनीय बढ्ने देखिन्छ । तिनाउमा रातिको बाढीले गर्दाखेरि आज उल्लेखनीय बढ्ने छ र बिस्तारै यो पनि घट्ने घट्दै जाने देखिन्छ ।’

कुन क्षेत्रमा कस्तो जोखिम ?

महाशाखाले बाढीको जोखिमलाई विभिन्न तहमा वर्गीकरण गरेको छ । बारा, पर्सा, रौतहट, काठमाडौं, काभ्रेपलाञ्चोक र भक्तपुरलगायत जिल्लामा बाढीको न्यून जोखिम रहेको छ । गोरखा, रसुवा, धादिङ र नुवाकोटलगायत जिल्लामा मध्यम जोखिम रहेको महाशाखाका असिस्टेन्ट हाइड्रोलोजिस्ट यादवले बताएका छन् । यी क्षेत्रमा नदी तथा खोलामा पानीको बहाव बढेपनि सावधानी तहभन्दा तल रहने अनुमान गरिएको छ ।

कपिलवस्तु र रुपन्देहीमा उच्च जोखिम रहेको उनले बताएका छन् । ती क्षेत्रमा नदी तथा खोलाको पानी सावधानी तहभन्दा माथि पुग्न सक्ने भएकाले सतर्क रहन र खोलानदीबाट टाढा रहन उनले आग्रह गरेका छन् ।

मुस्ताङ, मनाङ, कास्की, म्याग्दी, तनहुँ, नवलपरासी र चितवनलगायत जिल्लालाई बाढीको अति उच्च जोखिम क्षेत्रमा राखिएको छ । यी क्षेत्रमा नदी तथा खोलामा पानीको बहाव अत्यधिक बढ्न सक्ने र आकस्मिक बाढीको जोखिम रहेकाले सुरक्षित स्थानमा सर्न उनले आग्रह गरेका छन् ।

उनले भने, ‘पूर्वका बारा, पर्सा, रौतहट अनि काठमाडौं, काभ्रेपलाञ्चोक, भक्तपुर लगायतका जिल्लाहरुमा बाढीको जोखिम एकदम न्युन रहेको छ । यहाँ पानी सामान्य हुने, खोलामा अनि सावधानी सतहभन्दा धेरै तल रहन्छ । गोरखा, रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्लाहरुमा बाढीको मध्यम खालको जोखिम रहेको छ । यस क्षेत्रमा सावधानी अपनाउनुपर्छ, खोलामा पानी उल्लेखनीय बढ्ने, तर यो सावधानी सतहभन्दा तलै रहने अनुमान छ । उच्च जोखिमको क्षेत्र भनेको कपिलवस्तु र रुपन्देहीमा हो । त्यो क्षेत्रहरुमा पानीको अवस्था उल्लेखनीय बढ्ने र उच्च जोखिमको अवस्था रहेको छ । सावधानी सतहभन्दा माथि नै बाढी कट्छ तर खतरा सतहभन्दा तलै रहने देखिन्छ । यस क्षेत्रमा हामीले सावधानी अपनाउने अनि खोलाभन्दा टाढा रहन आग्रह गर्दछौँ । मुस्ताङ, मनाङ, कास्की, म्याग्दी, तनहुँ, नवलपरासी, चितवन लगायतका जिल्लाहरुमा अति उच्च जोखिम रहेको छ । अति उच्च जोखिमले नदीहरुमा बाढी एकदम धेरै बढ्ने र आकस्मिक जोखिमहरुको कन्डिसनहरुलाई जनाउँछ । त्यही भएर ती जिल्लाहरुमा बग्ने खोलाहरुबाट टाढै रहनुहोला र सकेसम्म सुरक्षित स्थानतिर सर्न हुन अनुरोध गर्दछौँ ।’

काठमाडौं उपत्यकामा भने वर्षाका कारण खोलानालामा पानीको बहाव बढ्ने भएपनि तत्काल ठूलो बाढीको अवस्था नरहेको उनले बताएका छन् । आगामी २४ घण्टासम्म उपत्यकामा मध्यम जोखिम रहने र सोमवारदेखि नदी तथा खोलानाला सामान्य अवस्थामा फर्किने पूर्वानुमान गरिएको छ ।

महाशाखाले उच्च तथा अति उच्च जोखिम भएका क्षेत्रमा नदी, खोला र बाढी प्रभावित क्षेत्रबाट टाढा रहन तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

Previous Post

मधेशमा एक वर्षमा ओसीएमसीमार्फत ३ हजारभन्दा बढी हिंसाका घटना दर्ता

Next Post

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In