• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

बाढी, पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना बेपत्ता

रिजन ढकाल by रिजन ढकाल
११ आश्विन २०८३, आईतवार
A A
बाढी, पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको हो । असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।

उनका अनुसार ७ जना सम्पर्कविहीन रहेका छन् । पाल्पामा एक जना तथा पछिल्लो २४ घण्टामा बागलुङमा चार र म्याग्दीमा दुई जना गरी बेपत्ता हुनेको संख्या ७ पुगेको उनले जानकारी दिइन् । सम्पर्कविहीनहरूको खोजी कार्य जारी रहेको उनले बताइन् ।

मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि प्राधिकरणले सोही आधारमा तयारी गरेको उनको भनाइ छ । जोखिमका आधारमा रेड, एम्बर र येलो अलर्ट भएका क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्वतयारी र उद्धारका लागि टोली परिचालन गरिएको उनले जानकारी दिइन् ।

विशेषगरी हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक तथा ट्रेकर्सलाई लक्षित गरी छुट्टै सूचना जारी गरिएको उनको भनाइ छ । हालसम्म ९ हजारभन्दा बढी पर्यटकलाई सुरक्षित स्थानमा झारिएको उनले बताइन् । प्राधिकरणले अंग्रेजी भाषामा समेत एडभाइजरी जारी गरी विदेशी पर्यटक तथा यात्रुलाई मौसम र जोखिमबारे जानकारी गराएको थियो ।

उनले भनिन्, ‘असोज ७ गतेदेखि वर्षा हुन थाल्यो । नेपालका विभिन्न भू–भागमा त्यो बेलादेखि अहिलेसम्मको हेर्दा मानवीय क्षति अलिकति कम देखिएको छ । हिजोसम्म ६ जनाको थियो भने अहिले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । हालसम्म १२ जनाको मृत्यु भएको देखिएको छ । विशेषगरी यो बाढी, पहिरो र अविरल वर्षाका कारण भएको छ । अब बेपत्तामा पाल्पामा ९ गते एक जना बेपत्ता हुनुभएको थियो, घर पहिरोले पुरिएर उहाँ सम्पर्कविहीन हुनुहुन्छ भने पछिल्लो २४ घण्टाभित्रमा बागलुङमा चार जना र म्याग्दीमा दुई जना गरेर ६ जना बेपत्ता हुनुहुन्छ ।’

उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद् प्रतिकार्यमा खटिने अन्य निकायसँग निरन्तर सूचना आदान–प्रदान भइरहेको बताइन् ।

प्राधिकरणले ह्वाट्सएप, भाइबरलगायत डिजिटल माध्यमबाट नदी बेसिन, वर्षाको अवस्था र प्रभावित क्षेत्रबारे नियमित जानकारी संकलन तथा सम्प्रेषण गरिरहेको छ । उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको थियो । कालीगण्डकी र नारायणी नदी बेसिनमा कतिपय स्थानमा अति भारी वर्षा भएपछि नदीको बहाव बढेको र कटानसमेत भएको उनले बताइन् ।

नवलपरासीमा १ हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा स्थानान्तरण

प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा, पर्वतलगायत जिल्लामा बाढी, कटान र पहिरोको जोखिम देखिएको छ । पर्वतमा केही घर बाढीले बगाएको छ । तर स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्राधिकरणकी प्रवक्ता महतले बताइन् ।

उनका अनुसार नवलपरासी क्षेत्रमा पनि १ हजार १ सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको उनले बताइन् । म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ ।

उनले भनिन्, ‘हामीले सुरुदेखि नै गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रलाई बढी जोखिममा रहेको भनेर पहिचान गरेका थियौँ । अहिले वास्तविक अवस्था पनि त्यहीअनुसार देखिएको छ । विशेषगरी कालीगण्डकी र नारायणी नदी बेसिनका विभिन्न स्टेसनमा अति भारीसम्मको वर्षा रेकर्ड भएको छ । ती नदी बेसिनबाट प्रभावित हुन सक्ने क्षेत्रमा पनि जोखिम बढेको छ । नवलपुर, चितवन, पाल्पा, पर्वतलगायतका जिल्लामा त्यसको प्रभाव देखिएको छ । पर्वतमा केही घर बगेको जानकारी आएको छ । तर त्यहाँका बासिन्दालाई अघिल्लो बेलुका नै सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको हुँदा मानवीय क्षति हुन पाएन । त्यसैगरी, नवलपरासी र सिक्किम क्षेत्रमा पनि करिब एक हजार एक सयभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको थियो । यस्ता धेरै ठाउँ छन्, जहाँ जोखिमको पूर्वानुमान गरेर पहिले नै नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । उद्धारको विषयमा पनि हामीले प्राथमिकताका आधारमा काम गरिरहेका छौँ । कतिपय ठाउँमा अझै पनि समस्या छ । अहिले भर्खरै दुईवटा हेलिकोप्टर उद्धारका लागि म्याग्दी प्रस्थान गरिसकेका छन् । आवश्यकताअनुसार जोखिममा रहेका नागरिकको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम जारी छ ।’

उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि खाना तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको छ ।

स्थानीय तथा प्रदेशस्तरका गोदाममा रहेका सामग्रीसँगै प्राधिकरणको केन्द्रीय गोदाम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदामबाट समेत आवश्यकताअनुसार राहत सामग्री पठाइरहेको प्राधिकरणले जनाएको छ ।

महतका अनुसार तत्कालको जोखिम भने अझै टरेको छैन । आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढी तथा पहिरो आउने खतरा रहेको उनले बताइन् ।

Previous Post

वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण

Next Post

विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In