• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण

रिजन ढकाल by रिजन ढकाल
११ आश्विन २०८३, आईतवार
A A
वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहने जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोको जोखिम अझै केही दिन रहने भएकाले सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनका अनुसार हाल मुख्य जोखिम नदीको बहाव बढेर हुने कटान र पहिरो हो । लगातारको वर्षाका कारण जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने उनको भनाइ छ ।

उनका अनुसार हाल बाढी र पहिरोका कारण राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक खुलाउन सडक विभागले २५० भन्दा बढी उपकरणलाई विभिन्न स्थानमा प्रि–पोजिसनिङ गरी तयारी अवस्थामा राखेको उनले बताएका छन् । वर्षा कम हुँदै गएपछि सडक खुलाउने कामलाई तीव्रता दिने उनको भनाइ छ । कतिपय स्थानमा भने सडक सञ्चालनमा आइसकेको उनले जानकारी दिएका छन् ।

उनले भने, ‘विशेषगरी अहिलेको जोखिम भनेको नदी कटान हो, यसले बस्तीहरू अलि जोखिम देखिएको छ । कटानसँगसँगै पहिरोको जोखिम पनि बढेको छ, अहिले नै जोखिम रोकिसकेको छैन । बाढीकै समय अझै बढ्ने देखिन्छ, फेरि बिस्तारै अब घामै लाग्यो भने पनि भोलि–पर्सीतिर पनि पहिरो जाने सम्भावना रहन्छ, किनभने माटोहरू धेरै भिजिसकेको छ, त्यो जोखिम छँदै छ । धेरै ठाउँमा अब राजमार्गहरू, भित्री सडकहरू पनि पहिरोले अवरुद्ध भएका छन् । तर त्यो हुँदै गर्दा पनि हाम्रो, हामीले समन्वय गरिराखेका छौं, सडक विभागले करिब २ सय ५० वटा भन्दा बढी इक्विपमेन्टहरू प्रि–पोजिसनिङमा स्ट्यान्डबाई राखेको छ । त्यहीअनुसार अपरेटरहरूलाई मुभ गरेर सडक खोल्ने काम पनि सँगसँगै भइरहेको छ । पानी अलिकति कम भयो र घाम लाग्न थाल्यो भने त्यो कामले पनि अलि तीव्रता लिन्छ । तथापि उहाँहरूको प्रयत्न छ र कति ठाउँमा चाहिँ केही सुचारु पनि भइसकेको अवस्था छ ।’

महतका अनुसार तत्कालको जोखिम भने अझै टरेको छैन । आइतवार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढीपहिरो आउने खतरा कायमै रहेको छ ।

Previous Post

पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी

Next Post

बाढी, पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना बेपत्ता

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In