• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी

रिजन ढकाल by रिजन ढकाल
११ आश्विन २०८३, आईतवार
A A
पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता र स्थानीय अर्थतन्त्र विकासको महत्वपूर्ण आधार भएको बताएका छन् ।

आइतवार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पर्यटन क्षेत्रलाई राष्ट्रिय समृद्धि र वातावरणीय दिगोपनासँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन् ।

सचिव सुवेदीले नेपालको प्राकृतिक सौन्दर्य, हिमाल, पहाड, नदी, वनजङ्गल, जैविक विविधता तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रचारप्रसारमा जोड दिएका छन् । उनले नेपालको मौलिक संस्कृति र विविधतालाई पर्यटन विकासको महत्वपूर्ण आधार भएको भन्दै यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

नेपालको शान्ति, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधता विश्वका पर्यटकका लागि आकर्षणको केन्द्र रहेको उल्लेख गर्दै उनले यी सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । विश्वका १४ अग्ला हिमालमध्ये आठवटा नेपालमै हुनु तथा विभिन्न जातजाति र भाषाभाषीको विविधताले नेपालको पर्यटनलाई विशिष्ट बनाएको उनको भनाइ छ ।

सचिव सुवेदीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले सन् २०२५ देखि २०४० सम्मको लागि रणनीति बनाएर काम गरिरहेको जानकारी दिएका छन् ।

उनले भने, ‘पर्यटन केवल घुमफिरको विषय मात्र होइन । पर्यटन क्षेत्र मुलुकको आर्थिक र रोजगारीसँग जोडिएको छ, हाम्रो उद्यमशीलतासँग जोडिएको छ, हाम्रो स्थानीय अर्थतन्त्रलाई समृद्ध बनाउने कुरासँग जोडिएको छ । र हाम्रो संस्कृति, त्यसका संरक्षणका लागि पनि हामी हाम्रो पर्यटनलाई जोड्ने गर्छौँ । त्यसैले हाम्रो पर्यटन भनेको हाम्रो राष्ट्रिय समृद्धिको एउटा महत्वपूर्ण आधार हो । हाम्रो वातावरणीय दिगोपनाको एउटा दृष्टिकोण हो पनि हो । त्यसकारण हामीले पर्यटन क्षेत्रको विकासका लागि लागिपरेका छौँ । यसका लागि हाम्रो सुन्दर हिमाल, हाम्रो पहाड, हाम्रो नदी, वनजङ्गल, हाम्रो जैविक विविधता, हाम्रा ऐतिहासिक सम्पदाहरू हाम्राको रक्षा र प्रचारप्रसार गर्नुपर्ने आवश्यकता छ । यसलाई जोगाइराख्नु हामी सबैको कर्तव्य हो । विश्वलाई शान्तिको मार्गमा हिँड्न बाध्य बनाउने बुद्ध जन्मिएको देश, विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ वटा उच्च हिमशिखरमध्ये ८ वटा हिमाल हामीसँगै छ, हाम्रो काखमा छ । हामीसँग १ सय ४२ वटा जातजाति र १२४ वटा भाषाभाषीहरु छन् । विविध सांस्कृतिक मौलिकताले भरिपूर्ण भएको हाम्रो देश, यही हेर्नका लागि विश्वका धेरै मान्छेहरू नेपाल आउने गर्छन् । अहिले पनि हामी वेलनेस इयर मनाउँदै छौँ । सङ्घीय सरकारले घोषणा गरेको वेलनेस इयर अबको आउँदो २०२७, हामी त्यो भनिरहेका छौँ । यो आर्थिक वर्षलाई त्यसैगरी अगाडि बढाउने भनेर भनिरहेका छौँ । तर हामीलाई यस्ता घटन(परिघटनाहरूले हामीले चाहेको हाम्रो लक्ष्यमा हामी पुग्न सक्दैनौँ, यो हाम्रो चुनौती हो । यद्यपि हामीले पर्यटन क्षेत्रको विकासको लागि सन् २०२५ देखि २०४० सम्मको रणनीति बनाएका छौँ । सोहीअनुसार अघि बढिरहेका छौँ ।’

वागमती प्रदेश सरकारले सन् २०२७ लाई ‘वेलनेस इयर’ का रूपमा मनाउने गरी तयारी गरिरहेको पनि उनको भनाइ छ ।

Previous Post

कान्ति लोकपथ अवरुद्धः छपेलीमा पुनः ठूलो पहिरो खस्दा यातायात ठप्प

Next Post

वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In