• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आसन्न चाडपर्वका समयमा यात्रुहरू विचौलियाबाट ठगिने समस्या अन्त्य गर्न तथा जीर्ण सडक र कमजोर ट्राफिक पूर्वाधारका कारण भइरहेका दैनिक दुर्घटना रोक्न सांसदहरूले सरकार तथा मातहतका निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सोमबार बसेको बैठकमा सत्तारूढ तथा प्रतिपक्षी सांसदहरूले चाडपर्व लक्षित अल्पकालीन योजनामा मात्र सीमित नभई मुलुकको समग्र यातायात क्षेत्रको दिगो व्यवस्थापन गर्न माग गरेका हुन्।

बैठकमा बोल्दै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद मञ्जु भुसालले चाडपर्व नजिकिँदै गर्दा यातायात क्षेत्रमा विचौलियाहरूको प्रभाव बढ्ने र यात्रुहरूले सास्ती व्यहोर्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरिन्। उनले टिकट काट्नु मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु मुख्य दायित्व भएको बताइन्।

सांसद भुसालले संसदीय समितिले सातवटै प्रदेशमा यातायात तथा पूर्वाधार अनुगमनका लागि उपसमिति बनाएर काम गरिरहेको जानकारी दिइन्।

उनले विगतका कमीकमजोरी दोहोरिन नहुने बताउँदै कृष्णभीरलगायतका सडकखण्डमा सरकारले पहिरो पन्छाउने र मर्मतको काम गरिरहेको भए पनि यातायात व्यवस्था विभाग र व्यवसायीबीच प्रभावकारी समन्वय हुनुपर्ने बताइन्।

रास्वपाकै सांसद सुनिल केसीले राजधानीकै मुख्य सडकहरूमा सामान्य ट्राफिक पूर्वाधार नहुँदा नागरिकले ज्यान गुमाइरहनु परेको भन्दै आक्रोश व्यक्त गरे। कोटेश्वर चोकमा निर्माण हुने भनिएको आकाशे पुल कसको स्वार्थमा रोकिएको हो भन्दै उनले सम्बन्धित मन्त्रालय र विभागसँग जवाफ माग गरे।

उनले सडक विभाग र ट्राफिक प्रहरीका अधिकारीहरूलाई समेत प्रश्न गर्दै अव्यवस्थित पार्किङ र सडक सुरक्षाका विषयमा राज्यका निकायहरूले आफ्नो कमजोरी स्वीकार गरी तत्काल समाधान दिनुपर्ने बताए।

उनले कोटेश्वर, बालकुमारी, पेप्सीकोला, थली, साँखुलगायतका क्षेत्रमा सामान्य ट्राफिक लाइटसमेत नहुँदा दैनिकजसो गम्भीर दुर्घटना भइरहेको बताए। काठमाडौंको मुटुमै ट्राफिक लाइट राख्न नसक्ने अवस्था रहेको भन्दै उनले सम्बन्धित निकायप्रति प्रश्न उठाए।

प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संसदीय समितिको कार्यशैली र यातायात नीतिको प्राथमिकतामाथि प्रश्न उठाए। बैठकमा पर्याप्त समय नदिई हतारमा छलफल टुङ्ग्याउने प्रवृत्तिको आलोचना गर्दै उनले मौसमी वा चाडपर्वकेन्द्रित योजनाले मात्र समस्या समाधान नहुने बताए।

उनले हरेक वर्ष चाडपर्व आउँदा मात्र यातायात व्यवस्थापनका विषयमा तात्ने प्रवृत्ति रहेको बताउँदै चाडपर्वमा सवारीको चाप बढ्नु स्वाभाविक भए पनि यातायात प्रणालीको समग्र र दिगो पुनर्संरचना नगरेसम्म यस्ता समस्या दोहोरिरहने बताए।

सांसद शर्माले दीर्घकालीन नीति निर्माणमा समिति र सरकारले गम्भीरता देखाउनुपर्नेमा जोड दिए।

Previous Post

चोलेन्द्र परिवारको जिम्मामा, प्रहरी कार्यालयबाट छुटे

Next Post

यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In