• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 2, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

कांग्रेस महाधिवेशनका लागि उम्मेदवारी शुल्क निर्धारण, सभापतिलाई ३० हजार

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
कांग्रेस महाधिवेशनका लागि उम्मेदवारी शुल्क निर्धारण, सभापतिलाई ३० हजार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका निर्वाचनमा उम्मेदवारी दिने व्यक्तिले बुझाउनुपर्ने मनोनयन शुल्क निर्धारण गरिएको छ।

केन्द्रीय निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकाअनुसार केन्द्रीय सभापति पदका लागि ३० हजार रुपैयाँ शुल्क तोकिएको छ। उपसभापति तथा महामन्त्री पदमा उम्मेदवारी दिन २५ हजार र सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ।

केन्द्रीय सदस्यका उम्मेदवारले भने १० हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, केन्द्रीय कार्यसमितिका लागि मतदान गर्ने महाधिवेशन प्रतिनिधिको उम्मेदवारी शुल्क २ हजार ५ सय रुपैयाँ र महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ तोकिएको छ।

प्रदेश तहका निर्वाचनमा प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ तथा प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

प्रदेश कार्यसमितिको सभापति पदका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क राखिएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि ६ हजार तथा प्रदेश कार्यसमिति सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको विवरणमा उल्लेख छ।

जिल्ला कार्यसमितितर्फ सभापति पदमा उम्मेदवारी दिन ५ हजार रुपैयाँ शुल्क लाग्नेछ। उपसभापति र सचिवका लागि ३ हजार ५ सय, सहसचिवका लागि ३ हजार तथा सदस्य पदका लागि १ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।

स्थानीय तहअन्तर्गत वडा सभापतिको उम्मेदवारीका लागि २५० रुपैयाँ शुल्क राखिएको छ। गाउँपालिका सभापतिका लागि १ हजार र नगरपालिका सभापतिका लागि २ हजार रुपैयाँ तोकिएको छ। उपमहानगरपालिका तथा महानगरपालिका सभापति पदका लागि २ हजार ५ सय रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ।

प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि २ हजार ५ सय तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ।

यसैबीच, प्रस्तुत विवरणमा कांग्रेसभित्रका विभिन्न समूह तथा निर्वाचन प्रक्रियाअनुसार शुल्कमा फरक व्यवस्था रहेको उल्लेख छ। इतर समूहअन्तर्गत प्रदेश सभापतिका लागि १० हजार, उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीका लागि ६ हजार र सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको विवरणमा उल्लेख गरिएको छ।

त्यसैगरी उक्त समूहअन्तर्गत जिल्ला सभापतिका लागि ५ हजार, उपसभापति तथा सचिवका लागि ३ हजार ५ सय, सहसचिवका लागि ३ हजार र सदस्यका लागि १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको बताइएको छ।

विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले अघि बढाइरहेको महाधिवेशनका लागि पनि छुट्टै शुल्कको व्यवस्था उल्लेख गरिएको छ। त्यसअनुसार केन्द्रीय सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ मनोनयन शुल्क राखिएको विवरणमा जनाइएको छ।

संस्थापन पक्षीय निर्वाचन समितिसम्बन्धी विवरणमा वडा सभापतिका लागि १ हजार, गाउँपालिका तथा नगरपालिका सभापतिका लागि ५ हजार र उपमहानगरपालिका तथा महानगरपालिका कार्यसमिति सभापतिका लागि ७ हजार रुपैयाँ शुल्क उल्लेख गरिएको छ।

महाधिवेशनका विभिन्न तहमा उम्मेदवारी दिने आकांक्षीले सम्बन्धित निर्वाचन निर्देशिकामा तोकिएको शुल्क बुझाएर मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

Previous Post

राष्ट्र बैंकले ३० अर्बको एकमहिने निक्षेप संकलनका लागि बोलकबोल माग्यो

Next Post

दक्षिण अफ्रिकामा भीषण सडक दुर्घटनाः मिनीबस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In