• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 2, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

बाढी–पहिरोपछि मनाङको जनजीवन प्रभावित, सांसद गुरुङद्वारा सरकारको ध्यानाकर्षण

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
बाढी–पहिरोपछि मनाङको जनजीवन प्रभावित, सांसद गुरुङद्वारा सरकारको ध्यानाकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले लगातारको वर्षापछि मनाङमा भएको क्षति र स्थानीयवासीले भोगिरहेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै गुरुङले केही दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित भएको जानकारी गराए। उनले भौगोलिक रूपमा विकट मनाङमा बाढी तथा पहिरोका कारण मानवीय र भौतिक क्षति बढेको बताए।

सांसद गुरुङका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षाका कारण सदरमुकाम चामे आसपासका आधा दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ। मर्स्याङ्दी नदीको बहाव बढेपछि मनाङ जोड्ने मुख्य सडक र मोटरेबल पुलसमेत प्रभावित भएका छन्।

नदीको बहावका कारण तातोपानी क्षेत्रका केही घर डुबानमा परेपछि स्थानीय बासिन्दालाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको उनले बताए।

नासोङ गाउँपालिकामा पनि मर्स्याङ्दी नदीका कारण डेढ दर्जनभन्दा बढी घरमा क्षति पुगेको तथा विभिन्न स्थानका पुल र पुलेसा बगाउँदा जिल्लाभित्रको आवागमनमा गम्भीर समस्या उत्पन्न भएको गुरुङले जानकारी दिए।

सञ्चार र विद्युत् अवरुद्ध हुँदा उद्धारमा समस्या

बाढी र पहिरोका कारण जिल्लाका कतिपय क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा बन्द हुँदा प्रभावित नागरिकसँग सम्पर्क स्थापित गर्न कठिन भइरहेको सांसद गुरुङले बताए।

उनका अनुसार निस्याङ र नार्पाभूमि गाउँपालिकामा विद्युत् तथा टेलिफोन सेवा नियमित हुन नसक्दा त्यहाँका बासिन्दासँग सम्पर्क विच्छेद भएको अवस्था छ।

यसैबीच, हिमाल आरोहणको तयारीमा रहेका तथा आरोहण सकेर फर्किएका २७ नेपाली पर्यटकमध्ये दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको गुरुङले संसद्लाई बताए। ११ जना सम्पर्कमा आए पनि १४ जना अझै सम्पर्कविहीन रहेको उनको भनाइ छ।

पर्यटक पनि प्रभावित

सडक तथा पदमार्गमा क्षति पुगेपछि मनाङका विभिन्न स्थानमा आन्तरिक र विदेशी पर्यटकसमेत अलपत्र परेको सांसद गुरुङले बताए।

उनका अनुसार पुल, सडक र पदमार्गमा भएको क्षतिले जिल्लाको आवागमन मात्र प्रभावित नभई पर्यटन व्यवसायमा समेत प्रत्यक्ष असर परेको छ। पर्यटक आवागमन रोकिँदा स्थानीय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भन्दै उनले सरकारले तत्काल उद्धार, राहत तथा यातायात र सञ्चार सेवा पुनः सञ्चालनका लागि आवश्यक कदम चाल्नुपर्ने माग गरे।

Previous Post

पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’

Next Post

कांग्रेस महाधिवेशनमा विदेशी राजनीतिक दललाई पनि निमन्त्रणा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In