• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, November 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१० भदौ, २०८३
A A
बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह
0
SHARES
1
VIEWS

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्का समयमा हुने ‘भीआईपी’ मुभमेन्टले सुरक्षा निकायलाई थप चुनौती सिर्जना गर्ने भन्दै आफू र आफ्नो दलका सांसदहरूका लागि कुनै पनि विशेष सुरक्षा प्रबन्ध नगर्न आग्रह गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले अत्यावश्यक अवस्थाबाहेक आफू फिल्डमा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गराउन भूमिका खेल्ने बताएका छन्। कुनै कारणवश प्रभावित क्षेत्रमा पुग्नुपरे पनि अतिरिक्त सुरक्षा वा अन्य सुविधा नलिन र प्रशासनको काममा बाधा नपुर्‍याउन उनले आग्रह गरेका छन्।

लामिछानेले प्रभावित क्षेत्रमा सञ्चार सेवा सहज बनाउन सरकारले चालेको कदमको स्वागत गरेका छन्। टेलिफोनमा ब्यालेन्स नहुँदा पनि कुराकानी गर्न मिल्ने तथा डाटा उपलब्ध गराउने विषयमा सरकारले पहल गरिरहेको जानकारी आफूले पाएको उनले बताएका छन्।

उनले भने, “विपद्का बेला भीआईपी मुभमेन्टले सुरक्षाकर्मीका लागि चुनौती सिर्जना गर्दछ। म र मेरो दलका सांसदहरू फिल्डमा जाँदा सुरक्षाकर्मीले कुनै चिन्ता लिनुपर्ने छैन। हामीलाई कतै पनि ध्यान दिनुपर्ने छैन। सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्। हामीमध्ये कोही पुग्नुपरेको खण्डमा पनि अतिरिक्त सुरक्षा र सेवा लिने छैनौँ। हामी व्यक्तिगत तवरबाट जानेछौँ र प्रशासनको काममा कुनै दखलअन्दाज हुने छैन।”

लामिछानेले विपद्का समयमा सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदाय सबैभन्दा बढी प्रभावित हुने भन्दै उनीहरूको उद्धार तथा राहतमा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

विशेषगरी महिला, गर्भवती, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा दलित समुदाय विपद्बाट बढी प्रभावित हुने गरेको भन्दै राहत र उद्धारमा ती वर्गलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्।

Previous Post

रसुवा बाढीः खोज, उद्धार र राहतमा जुट्न रास्वपाको अपिल

Next Post

रसुवाको बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको एजेण्डा बनाउन राप्रपाको माग

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav