काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
मंगलबार बसेको बैठकमा सरकारका नियमित प्रशासनिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। बैठकले आवश्यक निर्णयसमेत गर्ने जनाइएको छ।
सरकारका नियमित कामकारबाहीलाई प्रभावकारी बनाउने विषयसँगै विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमा पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।
