एप्पल टिभीद्वारा निर्मित र प्रतिक्षित हलिउड चलचित्र ‘तेन्जिङ’ को नेपालमा विशेष प्रिमियर सम्पन्न भएको छ। सोमबार साँझ ब्रिटिश दूतावासको आयोजनामा सिभिल मलस्थित क्यूएफएक्स सिनेमाजमा उक्त शो सम्पन्न भएको हो।
उक्त कार्यक्रममा विभिन्न देशका कूटनीतिज्ञ, सांसद, चलचित्रकर्मी, पर्वतारोही तथा फिल्मका कलाकार र प्राविधिकको बाक्लो उपस्थिति थियो। अभिनेत्री मनिषा कोइराला र चलचित्रमा मुख्य भूमिका निभाएकी थिन्ले ल्हामो पनि प्रिमियरमा सहभागी थिए। ब्रिटिस दूतावासका अनुसार प्रिमियर शोबाट संकलित रकम बाढीपीडितका लागि सरकारी उद्धार कोषमा सहयोग गरिनेछ।
यो चलचित्र सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले गरेको ऐतिहासिक सगरमाथा आरोहणमा आधारित छ। यसमा तेन्जिङको संघर्ष, नेतृत्व र सगरमाथा चुचुरोमा पुग्ने प्रेरणादायी यात्रालाई चित्रण गरिएको छ।
-
मुख्य कलाकार: गेन्डेन फुन्ट्सोक (तेन्जिङ नोर्गे), थिन्ले ल्हामो (तेन्जिङकी पत्नी), टम हिडल्स्टन (एडमन्ड हिलारी), र विलियम डाफो।
-
निर्देशक: जेनिफर पिडम
-
छायाँकन क्षेत्र: नेपालको सगरमाथा क्षेत्र, पाटन, बन्दीपुर र मुस्ताङ।
-
रिलिज मिति: अक्टोबर ९ मा बेलायत र अमेरिकाका सीमित सिनेमाघरमा र १६ अक्टोबरदेखि एप्पल टिभीमा स्ट्रिम हुनेछ।
