• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

प्रधानमन्त्रीको भारत भ्रमणः ‘परिणाममुखी भ्रमण’ को पर्खाइमा काठमाडौं र नयाँदिल्ली

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
प्रधानमन्त्रीको भारत भ्रमणः ‘परिणाममुखी भ्रमण’ को पर्खाइमा काठमाडौं र नयाँदिल्ली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका लागि दुवै मुलुक ‘परिणाममुखी’ र अर्थपूर्ण भ्रमणको प्रतिक्षामा रहेको बताएका छन्।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी दिएका छन्।

परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा नेपालको हित प्रवद्र्धनका लागि निकै फलदायी रहेको दाबी गरेका छन्। उनले महासभाका क्रममा विश्वभरका राष्ट्र तथा सरकार प्रमुखहरूसँग भएको भेटघाटलाई नेपालको राष्ट्रिय स्वार्थ र बाढीपछिको विपद् व्यवस्थापनका मुद्दाहरू विश्व मञ्चमा राख्न सदुपयोग गरेको बताएका छन्। उनले नेपालको राष्ट्रिय हितका लागि प्राप्त अवसरहरूको उच्चतम प्रयोग गरिएको स्पष्ट पारेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधिएको प्रश्नमा मन्त्री खनालले सरकार बनेलगत्तै भारतबाट भ्रमणको निम्तो प्राप्त भएको स्मरण गराएका छन्।

मन्त्री खनालले भने, ‘सरकार गठन भएलगत्तै प्राथमिकताका आधारमा भारत र चीनको भ्रमण गरी दुवै छिमेकी मुलुकसँग नेपालका प्राथमिकताका विषय स्पष्ट रूपमा प्रस्तुत गरेका थियौँ। संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा विश्वभरका सरकार तथा राष्ट्र प्रमुख र परराष्ट्रमन्त्रीसँग द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्ने अवसरलाई पनि अधिकतम उपयोग गर्दै नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेका छौँ। यस क्रममा भोटेकोशी बाढीपछिको विपद् अवस्था र जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा प्रस्तुत गर्दै सम्भव भएसम्म सबै अवसरको उपयोग गरिएको छ। प्रधानमन्त्रीज्यूको भारत भ्रमणका विषयमा प्रारम्भदेखि नै निमन्त्रणा प्राप्त भएको र नेपालले त्यसलाई सकारात्मक रूपमा लिएको छ। उपयुक्त समयमा परिणाममुखी भ्रमण गर्ने विषयमा दुवै पक्ष सकारात्मक छन्। यद्यपि भ्रमणको मिति भने अहिलेसम्म तय भइसकेको छैन।’

सरकारले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले भ्रमणले सम्बन्धलाई अझ सुदृढ र नतिजामूलक बनाउने विश्वास व्यक्त गरेका छन्।

Previous Post

काठमाडौँमा हलिउड चलचित्र ‘तेन्जिङ’ को विशेष प्रिमियर

Next Post

संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In