• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home खेलकुद

खराब प्रदर्शनसहित जुडोमा नेपालका चार खेलाडी पराजित

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
खराब प्रदर्शनसहित जुडोमा नेपालका चार खेलाडी पराजित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालका चार जुडो खेलाडीले २०औँ एसियाली खेलकुदमा खराब प्रदर्शन गर्दै पहिलो चरणमै हारको सामना गरेका छन्।

जापानको नागोयामा बुधवार भएको खेलमा नेपालका विशेष र विकास विक तथा देवकीमाया र निशा श्रेष्ठ पहिलो चरणमै बाहिरिएका छन्। आइची इन्टरनेसनल एरिनामा भएको खेलमा चारै खेलाडीले अपेक्षाकृत कमजोर प्रदर्शन गरेका छन्। चारमध्ये निशा र विकास निर्धारित समयसम्म टिक्नै सकेनन्।

पुरुष ६० केजीमुनि तौल समूहमा विकास उज्बेकिस्तानका समरिद्दिन कुचकारोभसँग इप्पोनको आधारमा पराजित भएका छन्। यी दुवैले पहिलो चरणमा बाई पाएका थिए। तर, विकासले त्यसलाई सदुपयोग गर्न सकेनन्। समरिद्दिन एसियन जुनियर विश्व च्याम्पियनसिपका स्वर्ण विजेता हुन्।

कुल चार मिनेटको खेलमा विकास म्याटमा एक मिनेट पनि टिक्न नसकी नतिजा सुम्पिन बाध्य भएका छन्। पहिलो सेकेन्डदेखि नै समरिद्दिन आक्रामक देखिएका थिए। अन्ततः उनले विकासमाथि ४८ सेकेन्डभित्रै बाजी मारे।

महिला ४८ केजी तौल समूहमा पनि निशाले खराब प्रदर्शन गरेकी छन्। उनी हङकङकी योङ का लीसँग इप्पोनको आधारमा पराजित भएकी छन्। २ मिनेट ३२ सेकेन्डमै निशाले नतिजा सुम्पिएकी थिइन्।

महिला ५२ केजीमा देवकीमायाले पनि पहिलो चरणमा भियतनामकी लाम थी एनगान हासँग युको आधारमा पराजय व्यहोरेकी छन्। अनुभवी खेलाडी देवकीमायाले अन्तिम समयसम्म चुनौती दिएकी थिइन्। तर, खेल सकिन २० सेकेन्ड बाँकी छँदा युको सामना गर्न पुगेपछि देवकीमाया पराजित भएकी छन्।

त्यसअघि दुवैले सिदो (पहेंलो कार्ड) सामना गरेका थिए। देवकीमाया निशाकी दिदी हुन्। अर्का पराजित खेलाडी विकास र विशेष पनि दाजुभाइ हुन्।

विशेष भने पुरुष ६६ केजी तौल समूहमा हङकङका वाङ का कीसँग वाजारिको आधारमा पराजित भएका छन्। विशेषले चार मिनेटसम्म चुनौती दिए पनि अन्ततः पराजित भएका छन्।

अब नेपालबाट दुई विधामा पुनम श्रेष्ठले महिला ७० केजीमुनि तौल समूह र सुजन गुरुङले पुरुष ९० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। साथै, नेपालले मिक्स टिममा पनि प्रतिस्पर्धा गर्नेछ।

Previous Post

नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी

Next Post

बाढीपहिरोले क्षति पुर्‍याएका विद्युत् पूर्वाधार तत्काल पुनर्निर्माण गर्न कुलमान घिसिङको माग

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In