• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

जलवायु परिवर्तनको असरमा परेका समुदायका लागि न्यायको माग

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
जलवायु परिवर्तनको असरमा परेका समुदायका लागि न्यायको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ।

भोटेकोशी बाढी आएको एक महिना पूरा भएको अवसरमा जलवायु परिवर्तनबाट प्रभावित श्रमिक, महिला, सीमान्तकृत तथा हिमाली क्षेत्रका समुदायको अधिकार र जलवायु न्यायका लागि काम गर्दै आएका विभिन्न संस्थाहरूले संयुक्त रूपमा कार्यक्रम गर्न लागेका हुन्।

आयोजक संस्थाहरूले पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै विपद्का कारण प्रभावित परिवारको पीडा र संघर्षप्रति ऐक्यबद्धता जनाउने तथा उनीहरूको अधिकार र जीविकोपार्जनको सुरक्षाका लागि आवाज उठाउने उद्देश्य रहेको बताएका छन्।

एक्सन एड नेपाल, महिला एकता समाज, मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान र यूथ एड्भोकेसी नेपाललगायत संस्थाको सहकार्यमा ‘जलवायु न्याय अभियानका लागि ऐक्यबद्धता तथा सामूहिक दीप प्रज्वलन’ कार्यक्रम हुन लागेको हो।

तीन मुख्य माग

कार्यक्रममार्फत जलवायुजन्य विपद्बाट प्रभावित समुदायको अधिकार, मर्यादा, सुरक्षा र जीविकोपार्जनको सुनिश्चितता गर्नुपर्ने माग अघि सारिने आयोजकले जनाएको छ।

त्यस्तै, प्रभावित समुदायको पुनर्स्थापना तथा जलवायु परिवर्तनसँग अनुकूलनका लागि पर्याप्त स्रोत उपलब्ध गराउनुपर्ने र जलवायुजन्य हानि–नोक्सानी सम्बोधन गर्न सहज रूपमा उपलब्ध हुने अनुदानमा आधारित जलवायु वित्तको व्यवस्था गर्नुपर्ने माग राखिनेछ।

जलवायु सङ्कटमा प्रमुख योगदान गर्ने उत्सर्जक मुलुक तथा पक्षहरूले उत्सर्जन घटाउनुका साथै जलवायु परिवर्तनबाट सिर्जित क्षतिप्रति उचित जिम्मेवारी लिनुपर्ने विषयलाई पनि अभियानमा जोड दिइने आयोजकको भनाइ छ।

समुदाय र युवालाई जोड्दै अभियान

जलवायु न्यायका विषयमा स्थानीय तहमा जनचेतना बढाउने उद्देश्यले युवाहरूलाई अभिमुखीकरण गर्ने, प्रभावित समुदायमा जलवायु परिवर्तनले पारेका असरबारे छलफल गर्ने र उनीहरूको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पुर्‍याउने गतिविधि पनि सञ्चालन गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार विभिन्न कार्यक्रममार्फत जलवायु परिवर्तनका कारण श्रमिक महिला, सीमान्तकृत समुदाय तथा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिक जीवन, रोजगारी र जीविकोपार्जनमा परेको प्रभावबारे बहसलाई प्राथमिकता दिइएको छ।

वसन्तपुरमा आयोजना हुने सामूहिक दीप प्रज्वलनलाई जलवायुजन्य विपद्बाट प्रभावित समुदायको पीडा स्मरण गर्ने, उनीहरूप्रति ऐक्यबद्धता जनाउने र जलवायु न्यायको मागलाई सामूहिक रूपमा अघि बढाउने कार्यक्रमका रूपमा लिइएको आयोजकले जनाएको छ।

Previous Post

छाला उद्योगको वातावरणीय मापदण्ड मागिएको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

Next Post

नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल बनाई संसद्मा प्रश्तुत गर्न सरकारलाई अर्थसमितिको निर्देशन

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In