• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सञ्चार मन्त्रीको दाबीः विज्ञापन नीति सञ्चारमाध्यमलाई नियन्त्रण गर्न होइन, आत्मनिर्भर बनाउन ल्याइएको हो

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
सञ्चार मन्त्रीको दाबीः विज्ञापन नीति सञ्चारमाध्यमलाई नियन्त्रण गर्न होइन, आत्मनिर्भर बनाउन ल्याइएको हो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन नीति र लोककल्याणकारी विज्ञापनबारे संसदमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पार्नुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा उहाँले सञ्चारमाध्यमहरूलाई आत्मनिर्भर र जीवन्त बनाउन सरकार केन्द्रित रहेको बताउनुभयो । सञ्चारमन्त्री तिमिल्सिनाले विज्ञापन बजारलाई व्यवस्थित बनाउन र मिडियालाई ‘सेल्फ–सस्टेन’ (आत्मनिर्भर) बनाउन नयाँ विज्ञापन नीति–२०८३ ल्याइएको जानकारी गराउनुभयो । उहाँले राज्यको चौथो अङ्गका रूपमा रहेको प्रेसको स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको दाबी गर्दै प्रेस स्वतन्त्रता र मानव अधिकारको रक्षा गर्नु लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्नुभयो ।

लोककल्याणकारी विज्ञापनको रकम कटौती र कार्यविधिबारे सांसदहरूले उठाएको प्रश्नमा मन्त्रीले आपत्ति जनाउनुभयो । उहाँले कार्यविधिलाई ‘संसदीय सार्वभौमिकताको अपमान’ भनी गरिएको टिप्पणी निराधार रहेको बताउँदै सञ्चार मन्त्रालयमा यसबारे प्रमाणसहित छलफल गर्न सांसदहरूलाई आग्रह गर्नुभयो । मन्त्रालयको निर्णय प्रक्रियामा हुने अनियमितता रोक्न र विधि स्थापना गर्न उक्त कार्यविधि ल्याइएको उहाँको भनाइ छ ।

यस्तै, नेपाल टेलिभिजनमा प्रसारित कार्टुन सामग्रीमार्फत धर्मान्तरणलाई प्रोत्साहन गरेको भनी उठेको प्रश्नमा मन्त्री तिमिल्सिनाले सरकारले आवश्यक कदम चालिसकेको स्पष्ट पार्नुभयो । सार्वजनिक प्रसारणमा पैसा लिएर धार्मिक सामग्री प्रसारण गर्ने प्रवृत्ति बन्द गर्न पब्लिक सर्भिस ब्रोडकास्टिङ नेपाललाई निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो । सबै धर्मप्रति सरकार संवेदनशील रहेको र धार्मिक सहिष्णुता कायम राख्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

साथै, कीर्तिमानी आरोही निर्मल पुर्जाको सम्मानमा हुलाक टिकट प्रकाशन गर्ने विषयमा मन्त्रालय र हुलाक सेवा विभागबीच छलफल भइरहेको र छिट्टै निर्णय हुने मन्त्रीले जानकारी गराउनुभयो । चिकित्सा क्षेत्रका घटनामा प्रेस काउन्सिल नेपालसँगको समन्वयमा सत्यतथ्य छानबिन हुने पनि उहाँले आश्वासन दिनुभयो ।

Previous Post

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

Next Post

सामाजिक सञ्जालको दुरुपयोग रोक्न बलियो कानूनी आधार तयार गरिँदैः सञ्चारमन्त्री तिमिल्सिना

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In