• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सांसद ओलीको प्रश्नपछि सरकारको निर्देशन : धार्मिक कार्यक्रम ‘समय बेचेर’ प्रसारण गर्न रोक

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
सांसद ओलीको प्रश्नपछि सरकारको निर्देशन : धार्मिक कार्यक्रम ‘समय बेचेर’ प्रसारण गर्न रोक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सांसद ओलीको प्रश्नपछि सरकारको निर्देशन : धार्मिक कार्यक्रम ‘समय बेचेर’ प्रसारण गर्न रोक

काठमाडौँ । राष्ट्रिय टेलिभिजन नेपाल टेलिभिजन (एनटिभी) बाट प्रसारित कार्टुन सामग्रीले धर्मान्तरणलाई प्रोत्साहन गरेको भन्दै सांसद खुश्बु ओलीले संसद्मा प्रश्न उठाएपछि सरकारले यस विषयमा आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

सांसद ओलीले भदौ ३० गते प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बालबालिकालाई लक्षित सामग्रीमार्फत धर्मान्तरणको प्रभाव पार्ने प्रयास भइरहेको दाबी गर्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन्। उनले विपन्न तथा ग्रामीण बस्तीमा धर्मान्तरणसम्बन्धी गतिविधि भइरहेको अवस्थामा राष्ट्रिय सञ्चारमाध्यमबाट त्यस्ता सामग्री प्रसारण हुनु उचित नहुने भन्दै प्रश्न गरेकी थिइन्।

उनले एनटिभीमा उक्त कार्टुन कुन स्रोतको आर्थिक सहयोगमा प्रसारण भइरहेको हो भन्नेबारे समेत सरकारसँग जवाफ मागेकी थिइन्। साथै, धार्मिक गतिविधिका कारण सामाजिक एकता र सहिष्णुतामा असर परिरहेको हो कि होइन भन्ने विषयमा समेत उनले सरकारको धारणा मागेकी थिइन्।

बुधबार प्रतिनिधिसभामा सांसद ओलीको प्रश्नको जवाफ दिँदै सम्बन्धित मन्त्रीले कुनै पनि सञ्चारमाध्यमबाट धर्मान्तरणलाई प्रोत्साहन गर्ने वा कुनै धर्मबारे भ्रम सिर्जना गर्ने किसिमका सामग्री प्रसारण हुन नहुने बताए।

मन्त्रीका अनुसार सांसद ओलीले संसद्मा प्रश्न उठाउनुअघि नै मन्त्रालयअन्तर्गतको सार्वजनिक सेवा प्रसारण नेपाल (PSBN) लाई यस विषयमा जानकारी गराइसकिएको थियो।

‘समय बेचेर’ धार्मिक सामग्री प्रसारणमा रोक

सरकारले आगामी दिनमा धार्मिक कार्यक्रमका लागि प्रसारण समय बिक्री गर्ने र बाह्य स्रोतबाट तयार भएर आएको सामग्रीलाई पर्याप्त संवेदनशील परीक्षणबिना जस्ताको तस्तै प्रसारण गर्ने अभ्यास अन्त्य गर्न निर्देशन दिएको मन्त्रीले जानकारी दिए।

उनका अनुसार सार्वजनिक सेवा प्रसारणबाट यस्ता विषयमा आगामी दिनमा कमजोरी नदोहोरिने गरी आवश्यक निर्देशन दिइएको छ।

मन्त्रीले नेपालमा सबै धर्मप्रति समान सम्मानको वातावरण कायम राख्नुपर्नेमा जोड दिए। सरकारी सञ्चारमाध्यमले धार्मिक तथा संवेदनशील विषयमा आफैँ जिम्मेवार भएर सामग्री उत्पादन गर्न सक्ने भए पनि आर्थिक लाभका लागि अन्य पक्षले तयार गरेका सामग्री प्रसारण गर्दा सामाजिक तथा धार्मिक सहिष्णुतामा नकारात्मक प्रभाव पर्न सक्ने उनले बताए।

सरकार र सार्वजनिक सेवा प्रसारण दुवै यस विषयमा संवेदनशील रहेको उल्लेख गर्दै मन्त्रीले धार्मिक विषयसँग सम्बन्धित सामग्री प्रसारण गर्दा थप सावधानी अपनाइने स्पष्ट पारे।

Previous Post

सरकारको कार्यक्षमतामा एमाले सचिव अर्यालको प्रश्नः ‘जनतालाई ग्याँस त दिनुस्’

Next Post

बहसमा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३–हानी तथा नोक्शानीको क्षति मापदण्ड र अभिलेखीकरण प्रणाली बनाउन सरोकारवालाको सुझाव

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In