• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home खेलकुद

आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन

रिजन ढकाल by रिजन ढकाल
१५ आश्विन २०८३, बिहीबार
A A
आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पदकको आशा गरिएकी नेपाली जुडो खेलाडी पुनम श्रेष्ठ २०औँ एशियाली खेलकुदमा पहिलो चरणमै पराजित भएकी छन्।

आइची अन्तर्राष्ट्रिय एरिनामा भएको महिला ७० केजीमुनिको खेलमा पुनम भारतीय प्रतिद्वन्द्वी ताखेललाम्बाम इनुन्गान्बीसँग इप्पोनको आधारमा पराजित भइन्। उनी १३औँ दक्षिण एशियाली खेलकुदकी स्वर्ण विजेता हुन्।

नेपाली जुडोकी सबैभन्दा अनुभवी खेलाडी भएकाले उनीबाट यस एशियाली खेलकुदमा राम्रो आशा गरिएको थियो। तथापि, आशाअनुरूप उनले प्रदर्शन गर्न सकिनन्। झन्डै दुई वर्षभन्दा लामो समय चोटका कारण मैदानबाहिर रहेकी पुनम रिकभरीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी थिइन्। तर, उनले अपेक्षाअनुरूप प्रदर्शन गर्न सकिनन्।

भारतीय खेलाडी इनुन्गान्बी ४५औँ वरीयता प्राप्त खेलाडी हुन्। चोटका कारण लामो समय मैदानबाहिर रहेकी पुनमको भने वरीयता थिएन।

पुनमसँगै नेपाली जुडोका कुनै पनि खेलाडीले जारी एशियाली खेलकुदमा एउटा पनि खेल जित्न सकेका छैनन्। नेपालबाट सहभागी भएका सातमध्ये पाँच विधामा नेपाली खेलाडी पराजित भएका छन्।

बुधबार महिला ४८ केजीमुनिको प्रतिस्पर्धामा निशा श्रेष्ठ, ५२ केजीतर्फको महिला प्रतिस्पर्धामा देवकी माया श्रेष्ठ तथा पुरुषतर्फ ६६ केजीमुनि विशेष विक र विकास विक पराजित भएका थिए।

नेपालका सुजन गुरुङले शुक्रबार ९० केजीमुनिको प्रतिस्पर्धा गर्दैछन्। मिक्स टिमतर्फ पनि नेपालले आफ्नो चुनौती प्रस्तुत गर्नेछ। नेपाली टोलीकी प्रशिक्षक सुनिता मगर ताम्राकार छिन्।

Previous Post

बहसमा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३–हानी तथा नोक्शानीको क्षति मापदण्ड र अभिलेखीकरण प्रणाली बनाउन सरोकारवालाको सुझाव

Next Post

कृषि र वन क्षेत्रलाई उद्योग तथा बजारसँग जोड्ने सरकारको तयार

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In