• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न नीतिगत सुधारको खाँचोः सांसद न्यौपाने

रिजन ढकाल by रिजन ढकाल
१५ आश्विन २०८३, बिहीबार
A A
युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न नीतिगत सुधारको खाँचोः सांसद न्यौपाने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले युवा पुस्तालाई स्वदेशमै भविष्य देखाउन ठोस कार्ययोजना र कानुनी सुनिश्चितताको माग गरेका छन्।

सांसद न्यौपानेले नेपालको शिक्षा प्रणाली र युवाको श्रम बजारबीचको खाडललाई राष्ट्रिय समस्याका रूपमा प्रस्तुत गरेका छन्। राज्यले युवालाई आफ्नै भूमिमा अवसर दिन नसक्दाको परिणामस्वरूप मुलुकले दक्ष जनशक्ति गुमाइरहेको उनले दाबी गरेका छन्।

उनले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी र अनुभवलाई राष्ट्र निर्माणमा जोड्न सके मात्र मुलुकको विकास सम्भव हुने बताएका छन्।

उनले भने, ‘नेपालले बच्चा हुर्काउँछ, पढाउँछ र योग्य बनाउँछ, तर युवा अवस्थामा पुग्दा श्रम, सीप र सपना बोकेका युवाहरू विदेशिन बाध्य छन्। शिक्षादीक्षा नेपालमा, देश बनाउने उमेरमा विदेशमा, अनि बुढेशकाल फेरि नेपालमै फर्किने अवस्थाको अन्त्य गर्नुपर्छ।’

उनले गैरआवासीय नेपाली (एनआरएन)हरूको भावना समेट्दै महत्त्वपूर्ण नीतिगत सुधारका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले वंशजका आधारमा नेपाली पहिचानको सम्मान गर्दै दोहोरो नागरिकताको व्यवस्था, डिजिटल मतदानको सुविधा र राजनीतिक अधिकार सुनिश्चित हुने गरी कानुन संशोधन गर्नुपर्नेमा जोड दिएका छन्।

Previous Post

सरकारको कार्यशैली ‘जरासन्ध’ जस्तो छः एमाले सांसद पोखरेल

Next Post

विगत २० वर्षदेखि थन्किएका सङ्क्रमणकालीन न्यायका फाइल तत्काल खोल्न सांसद बास्कोटाको माग

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In