• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home खेलकुद क्रिकेट

मलेसियालाई २७ रनले हराउँदै नेपालले अभ्यास शृंखला जित्यो

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
११ भाद्र २०८३, बिहीबार
A A
मलेसियालाई २७ रनले हराउँदै नेपालले अभ्यास शृंखला जित्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालले मलेसियाविरुद्धको दुई खेलको एकदिवसीय अभ्यास शृंखला क्लिन स्वीप गरेको छ। बिहीबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई २७ रनले पराजित गर्दै शृंखला २–० ले जितेको हो।

क्वालालम्पुरस्थित सेलान्गोर टर्फ मैदानमा नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको मलेसिया ४०.१ ओभरमा १४३ रनमै अलआउट भयो।

मलेसियाका अकिल वाहिदले सर्वाधिक ५६ रन बनाए। उनले १०८ बलमा ६ चौका प्रहार गरे। नजमुस सकिबले ९ चौकासहित ५१ रन जोड्दा कप्तान सैयद अजिजले १० रन बनाए।

नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र कप्तान सन्दीप लामिछानेले २–२ विकेट लिए भने हेमन्त धामीले १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १७० रन बनाएको थियो। नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ६१ रनको योगदान गरे। उनले ८६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

गुल्सनकुमार झाले ४५ रन बनाए भने कप्तान सन्दीप लामिछानेले १३ तथा अर्जुन कुमाल र आसिफ शेखले समान १० रन जोडे। छैटौँ विकेटका लागि रोहित र गुल्सनबीच ५९ रनको साझेदारी भएको थियो।

मलेसियाका अकिल वाहिदले ४ विकेट लिए। सैयद अजिजले ३, रिजवान हैदरले २ तथा अमिर अजिमले १ विकेट लिए।

नेपालले आगामी एसीसी प्रिमियर कपको तयारीस्वरूप मलेसियासँग दुई खेलको अभ्यास शृंखला खेलेको हो। पहिलो खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो।

Previous Post

भोटेकोशी बाढीपछि धादिङमा २५ शव फेला, १८ पुल बगायो

Next Post

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् सेवा सुचारु गर्दै प्राधिकरण

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In