• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश गण्डकी प्रदेश

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् सेवा सुचारु गर्दै प्राधिकरण

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
११ भाद्र २०८३, बिहीबार
A A
बाढी प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् सेवा सुचारु गर्दै प्राधिकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बाढी तथा पहिरोका कारण विद्युत् सेवा अवरुद्ध भएका विभिन्न क्षेत्रमा वैकल्पिक माध्यम प्रयोग गरी आपूर्ति पुनः सञ्चालन गर्ने कामलाई तीव्रता दिएको छ।

प्राधिकरणका सदस्य अंशुकिरण शाहीका अनुसार बाढीबाट क्षति पुगेका संरचनाको विकल्प खोज्दै प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।

प्राधिकरणका अनुसार नुवाकोटका खरानीटार, समुद्रटार, चौघडा, लिखु र पञ्चकन्या क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन विस्तार गरी विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ।

त्यस्तै, बालाजु र त्रिशूलीको ६६ केभी प्रसारण लाइनबाट ११ केभी लाइन विस्तार गरी नुवाकोट जिल्लाभर बिहीबार अपराह्नसम्म विद्युत् सेवा पुर्‍याउने लक्ष्य राखिएको छ।

यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत मलेखु, गजुरी र मुग्लिङ क्षेत्रमा पनि विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ। धादिङबेसीदेखि रातामाटेसम्मको ३३ केभी प्रसारण लाइन मर्मत गरी सञ्चालनमा ल्याएपछि ती क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भएको शाहीले जानकारी दिए।

रसुवा जिल्लामा भने बाढी तथा पहिरोबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ। प्राधिकरणले गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी आगामी एक साताभित्र रसुवामा विद्युत् सेवा पुनःस्थापना गर्ने योजना बनाएको छ।

तर, अहिले रसुवा क्षेत्रमा विद्युत् पुनःस्थापनाभन्दा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ।

त्रिशूली–३ ‘ए’ लगायत जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका कर्मचारी तथा प्रभावित स्थानीयको उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकसहितको उच्चस्तरीय टोली नुवाकोटमै खटिएर विद्युत् आपूर्ति तथा क्षतिको अवस्थाबारे स्थलगत अनुगमन गरिरहेको छ।

Previous Post

मलेसियालाई २७ रनले हराउँदै नेपालले अभ्यास शृंखला जित्यो

Next Post

रसुवाका विभिन्न जलविद्युत आयोजनामा बाढीको क्षतिः सयौं कामदार सम्पर्कविहीन, उद्धारमा कठिनाइ

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In