• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

‘हामी प्रतिपक्षमा छौँ, विरोधी होइनौँ; भ्रष्टाचारीमाथि कारबाही भए साथ दिन्छौँ’

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
‘हामी प्रतिपक्षमा छौँ, विरोधी होइनौँ; भ्रष्टाचारीमाथि कारबाही भए साथ दिन्छौँ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारको ६ महिनाको कार्यकालप्रति प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण तथा दोषीमाथि कानुनी कारबाही गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा बोल्दै शाहीले सरकारले प्रतिशोधको राजनीति त्यागेर सुशासन र रोजगारी सिर्जनाका लागि स्पष्ट तथा प्रभावकारी नीति ल्याए आफ्नो पार्टीले बिना सर्त सहयोग गर्ने बताएका हुन्।

उनले तत्कालीन जनआन्दोलनका क्रममा भएका हत्या, हिंसा तथा सिंहदरबार र संसद् भवनमा भएको तोडफोडका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकार गम्भीर हुनुपर्ने बताए। जनआन्दोलनको भावना र नागरिकको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको उनको टिप्पणी थियो।

शाहीले लामो समयदेखि चर्चामा रहेका एनसेल, गिरीबन्धु टी–स्टेट, भुटानी शरणार्थी प्रकरण तथा चिनियाँ विमान खरिदसम्बन्धी विषयको छानबिनबारे पनि सरकारसँग जवाफ मागे। कानुनलाई राजनीतिक प्रतिशोधका लागि नभई न्याय सुनिश्चित गर्न प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

उनले राप्रपा सरकारको प्रतिपक्षमा रहे पनि सरकारका सबै कामको विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पारे। भ्रष्टाचारविरुद्ध प्रभावकारी कारबाही अघि बढाइए सडकदेखि संसद्सम्म सरकारलाई सहयोग गर्ने उनको भनाइ थियो।

शाहीले सत्तापक्षका सांसदहरूलाई सरकारका कमजोरी ढाकछोप गर्नुको सट्टा आवश्यक सुधारका लागि सुझाव दिन आग्रह गरे। सरकारका गलत कदमको विरोध गर्नु प्रतिपक्षको जिम्मेवारी भएको भन्दै उनले आफ्नो दल त्यसबाट पछि नहट्ने बताए।

रोजगारीको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै शाहीले युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवाहरूको भीड देखिने अवस्था परिवर्तन गर्न स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारणालाई अघि बढाउँदै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनसमेत उनले माग गरेका छन्।

Previous Post

टिपरको ठक्करबाट विद्युतीय गाडीमा सवार एकजनाको मृत्यु, पाँच घाइते

Next Post

प्रचण्डको ब्रिफिङ : बालेनको कार्यशैलीप्रति प्रश्न

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In