• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकः हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई सर्वोपरी राख्ने दाबी

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकः हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई सर्वोपरी राख्ने दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभामा प्रस्तुत ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथि भएको छलफलमा सांसदहरूबाट आएका सुझावलाई समेट्दै सरकारले विधेयकमा १३ वटा बुँदामा संशोधन गरेको छ।

शुक्रवारको बैठकमा मन्त्री खड्गराज पौडेलले सुरक्षित र भरपर्दो हवाई सेवा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै विधेयक कार्यान्वयनका लागि आजैबाट तयारी सुरु गर्ने जानकारी दिएका छन्।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक र दफावार छलफल सम्पन्न भएको छ। छलफलमा भाग लिँदै पर्यटनमन्त्री खड्गराज पौडेलले विधेयकलाई थप व्यावहारिक र स्पष्ट बनाउन विधान व्यवस्थापन समितिबाट प्राप्त सुझावहरूलाई आत्मसात गरिएको बताएका छन्।

मन्त्री पौडेलका अनुसार विधेयकमा परेका १५ वटा संशोधन प्रस्तावमध्ये १३ वटालाई विधेयकमा समावेश गरिएको छ। विशेषगरी, ऐनका प्रावधानहरूमा दोहोरो अर्थ नलागोस् र आम सर्वसाधारणले सहजै बुझ्न सकून् भन्ने उद्देश्यले भाषिक सरलीकरणमा विशेष ध्यान दिइएको उनले प्रस्ट पारेका छन्। मन्त्रीले यो विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई सर्वोपरि राख्ने दाबी गरेका छन्।

छलफलका क्रममा सांसदहरूले उठाएको प्रचारप्रसारको विषयलाई गम्भीरतापूर्वक लिँदै सरकारले तत्कालै राष्ट्रव्यापी सचेतना योजना सुरु गर्ने प्रतिबद्धता मन्त्रीले जनाएका छन्। यात्रुहरूलाई आफ्ना अधिकार र वायुसेवाको दायित्वबारे सुसूचित गराउन विभिन्न माध्यमबाट जानकारी दिइने मन्त्रालयको तयारी छ।

Previous Post

कांग्रेस महाधिवेशनमा तामझामरहित प्रचार, पर्चा नछाप्न उम्मेदवारलाई आग्रह

Next Post

करदाता प्रोत्साहन उपहारः असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In