धादिङ । नेपाली कांग्रेसका युवा नेता राधाकृष्ण भण्डारी ‘राधे’ धादिङ क्षेत्र नम्बर १ बाट पार्टीको १५औँ महाधिवेशनका लागि सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएसँगै भण्डारीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका भण्डारीले आगामी दिनमा आफूलाई अझ बढी देश र जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भण्डारीले आफूले गर्दै आएको सहयोग र सेवाको भावनालाई थप विस्तार गर्दै जनताका समस्या, आवश्यकता र आवाजलाई पार्टीको नेतृत्व तहसम्म प्रभावकारी रूपमा पुर्याउने बताएका छन्।
पद र जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिभन्दा जनताको सेवा गर्ने माध्यमका रूपमा लिएको उल्लेख गर्दै उनले युवा पुस्ताको ऊर्जा, सोच र सहभागितालाई पार्टी संगठनमा थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताए।
“आजसम्म जनताको साथमा रहेर जे गर्न सकेँ, त्योभन्दा अझ धेरै गर्ने संकल्पका साथ आगामी दिनमा देश र जनताको सेवामा समर्पित भएर अघि बढ्नेछु,” भण्डारीले भने।
धादिङ क्षेत्र नम्बर १ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएपछि भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनको उम्मेदवारीलाई पार्टीको जिल्ला संगठन तथा युवा पुस्ताको सहभागितासँग जोडेर हेरिएको छ।
