• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

काँग्रेसको १५ औँ महाधिवेशनः प्रविधिमैत्री बनाइँदै, मौजुदा विधानमा व्यापक हेरफेरको तयारी

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
काँग्रेसको १५ औँ महाधिवेशनः प्रविधिमैत्री बनाइँदै, मौजुदा विधानमा व्यापक हेरफेरको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसले अगामी आईतवारदेखि शुरु हुने पार्टीको १५ औँ महाधिवेशनमा पार्टीको मौजुदा विधानमा व्यापक संशोधन गर्ने भएको छ ।

शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिले यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै समिति संयोजक तथा पार्टी सहप्रवक्ता देवराज चालिसेले पार्टीलाई थप जनमुखी बनाउन पार्टीको मौजुदा विधानमा व्यापक हेरफेर गरिने जानकारी दिए । उनका अनुसार हाल विधानमाथि पार्टी महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले काम गरिरहेको छ । उनले १५ औँ महाधिवेशनपछि काँग्रेस जनताले खोजेको पार्टी बन्ने जिकिर गरेका छन् । उनले महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरु हुनुभन्दा अगाडि नै पार्टीका मौजुदा दस्तावेजमाथि गम्भीर छलफल गरिने पनि बताए ।

उनले भने, ‘हामी जनताले खोजेको काँग्रेस बनाउने प्रयत्नमा छौँ । जनताको परिकल्पना गरेको पार्टी बनाउन पार्टीका दस्तावेजमा उहाँहरुका भावना समेट्ने प्रयत्न गर्नेछौँ यस पटक । महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरु हुनुभन्दा अगाडि हामी विधान संशोधन पनि गर्नेछौँ । विधान संशोधनको अग्राधिकार महाधिवेशन राख्नेछौँ ।’

महाधिवेशन स्थलबाहेकका क्षेत्रमा प्रचार सामग्री नराखिनेः प्रविधिमैत्री महाधिवेशनको अभ्यास

प्रवक्ता चालिसेले महाधिवेशन स्थलबाहेकका क्षेत्रमा प्रचारप्रसारका सामग्री नराखिने बताएका छन् । उनले महाधिवेशन उद्घाटन स्थल खुलामञ्चको मूल गेट बाहेक शहरका अन्य क्षेत्रमा पार्टीका प्रचार सामग्री नराखिने बताए । महाधिवेशनलाई प्रविधिमैत्री बनाउन यस्तो गर्न लागिएको जानकारी उनले दिएका छन् । उनले महाधिवेशन प्रतिनिधिहरुलाई महाधिवेशनस्थलमा पुग्न विभिन्न क्षेत्रबाट सवारीको व्यवस्था रहेको र सोसम्बन्धी सूचना पनि मोबाइलमा एसएमएसको माध्यमबाट उपलब्ध गराइने बताए । प्रवक्ता चालिसेले काठमाडौं उपत्यकासहित देशका मुख्य शहरहरुमा सय वटा डिजिटल बोर्डहरुमार्फत १५औँ महाधिवेशनसम्बन्धी सूचनाहरु प्रशारण भइरहेको समेत जानकारी दिएका छन् । उनले महाधिवेशन प्रतिनिधिहरुको लागि खानाको व्यवस्था भृकुटीमण्डपमा गरिएको समेत जानकारी दिए ।

उनले भने, ‘काठमाडौं उपत्यकाका महाधिवेशनस्थल प्रवेश गर्ने ठाउँहरुमा हामीले एसएमएस तथा प्रविधिबाट आवतजावत सूचना प्राप्त गर्नुहुन्छ । पार्टीको यो अधिवेशनलाई प्रविधिमैत्री बनाइएको छ । बिहान, दिउँसो र साँझको भोजन व्यवस्था भृकुटीमण्डपमा गरिएको छ । महाधिवेशन उद्घाटनस्थल र भृकुटीमण्डपको दुरी धेरै टाढा छैन । त्यहाँ गएर खाना खाने प्रबन्ध हामीले मिलाएका छौँ । हामीले महाधिवेशनमा धेरै तामझाम नगर्ने निर्णय गरिसकेका छौँ । त्यसको कारण महाधिवेशन प्रवेशद्वारको मूल गेटभन्दा बाहेक अरु कुनै प्रचार सामाग्री हामी बजारमा टाँस्ने छैनौँ । त्यसबाहेक हामीले काठमाडौं उपत्यकादेखि लिएर देशभरीका जतिपनि शहरहरु छन् ती सबै शहरहरुमा सय वटा डिजिटल बोर्डहरुमार्फत १५औँ महाधिवेशनसम्बन्धी सूचनाहरु डिजिटल माध्यमबाट प्रशारण गरिरहेका छौँ । त्यसैगरी महाधिवेशनमा उम्मेदवार हुने साथीहरुलाई समेत डिजिटल माध्यमको अधिकतम प्रयोग गर्न जोड दिनको लागि पनि हामीले अनुरोध गरिरहेका छौँ ।’

महाधिवेशनमा देशभर तथा प्रवासबाट समेत गरेर ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने

प्रवक्ता चालिसेले पार्टीको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने जानकारी निर्वाचन समितिबाट प्राप्त भएको बताएका छन् । क्षेत्रीय महाधिवेशनको निर्वाचन प्रक्रिया समेत सम्पन्न भइसकेको र केही क्षेत्रमा मतगणना भइरहेको प्रवक्ता चालिसेले बताए । उनका अनुसार प्रवासबाट समेत गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधि सहभागी हुने बताएका छन् । काँग्रेसको इतिहासमा महाधिवेशनमा ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुन लागेको यो पहिलो पटक भएको चालिसेले दाबी गरेका छन् ।

उनले भने, ‘विशेष गरेर केन्द्रीय निर्वाचन समितिले हामीलाई दिएको जानकारी अनुसार यो महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि भाग लिने अनुमान गरिएको छ । र नेपाली काँग्रेसको इतिहासमा यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि सहभागी हुन लागेको यो पहिलो पटक हो । हामी जनताले खोजेको काँग्रेस बनाउने प्रयत्नमा छौँ । जनताको परिकल्पना गरेको पार्टी बनाउन पार्टीका दस्तावेजमा उहाँहरुका भावना समेट्ने प्रयत्न गर्नेछौँ यस पटक । महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरु हुनुभन्दा अगाडि हामी विधान संशोधन पनि गर्नेछौँ । विधान संशोधनको अग्राधिकार महाधिवेशन राख्नेछौँ ।’

उनले महाधिवेशनमा सहभागी हुन देशका सबै राजनीतिक दल तथा छिमेकीसहित मित्र राष्ट्रका सत्तारुढ र प्रतिपक्षी दलहरुलाई आमन्त्रण गरिएको समेत जानकारी दिएका छन् । – dream news network

#NepaliCongress #NC15thConvention #DevrajChalise #PradeepPoudel #Kathmandu #NepalPolitics #NepalNews #DigitalConvention

Previous Post

राधाकृष्ण भण्डारी ‘राधे’को प्रतिबद्धता– ‘देश र जनताको सेवामा अझ समर्पित भएर अघि बढ्ने’

Next Post

मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In