• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’

रिजन ढकाल by रिजन ढकाल
१८ आश्विन २०८३, आईतवार
A A
सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाईली ‘स्नेही’ले पार्टीको १५ औँ महाधिवेशनमा पुनः सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

काँग्रेसको विशेष महाधिवेशनबाट दलित समावेशीतर्फ सहमहामन्त्री बन्नुभएका रसाईलीले पुनः सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने बताएका छन्।

काँग्रेस सभापति गगन थापाको नेतृत्वमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ। सभापति थापाको नेतृत्वमा काँग्रेसलाई बलियो जनमतसहितको पार्टीका रूपमा पुनः स्थापित गर्ने लक्ष्य रहेको उनले बताएका छन्।

पार्टीको १५ औँ महाधिवेशन काँग्रेसको आन्तरिक जीवनसँगै राष्ट्रिय राजनीतिमा देखिएका चुनौती सामना गर्ने महत्वपूर्ण अवसर बन्ने उनले बताएका छन्। महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन र मुलुकलाई नयाँ दिशामा अघि बढाउन कोशेढुंगा साबित हुने उनको भनाइ छ।

मुलुकमा देखिएको चुनौती र नागरिकमा बढेको निराशालाई अन्त्य गर्दै बलियो काँग्रेसमार्फत देशको समृद्धिको यात्रा अघि बढाउन महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन्।

उनले वीपी कोइरालाको नेतृत्वकालमा काँग्रेसले सबै जातजाति, वर्ग, लिङ्ग, धर्म र समुदायको प्रतिनिधित्व हुने गरी समावेशी राजनीतिक चरित्र निर्माण गरेको उल्लेख गरेका छन्। वर्तमान नेतृत्वले पनि नेपालको विविधता प्रतिबिम्बित हुने गरी पार्टीको विधान र संरचना निर्माण गरेको उनको दाबी छ।

रसाईलीले नेपाली काँग्रेसको १५ औँ महाधिवेशन ऐतिहासिक महाधिवेशन मात्र नभई पार्टीको आन्तरिक जीवन तथा राष्ट्रिय राजनीतिमा देखिएका चुनौती सामना गर्ने र पार्टी तथा मुलुकलाई नयाँ जीवन दिने महत्वपूर्ण अवसर बन्ने विश्वास व्यक्त गरेका छन्।

उनले महाधिवेशनले ‘समुन्नत नेपाल र सम्मानित नेपाली’को लक्ष्यलाई अघि बढाउँदै नेपाली काँग्रेसलाई नयाँ जीवन दिने तथा परम्पराको सम्मान र नयाँ पुस्ताको आगमनलाई आत्मसात गर्ने बताएका छन्।

उनले देश–विदेशमा रहेका काँग्रेसका नेता तथा कार्यकर्ताका लागि महाधिवेशनमा कुन नेताले कुन पदमा प्रतिस्पर्धा गर्दैछन् भन्ने विषय चासोको विषय रहेको बताएका छन्। उनले आफूले पुनः दलित समावेशीतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन्।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा काँग्रेसलाई बलियो बनाउने गरी काम गरेको बताउँदै उनले फेरि पनि थापाकै नेतृत्वमा पार्टीलाई अगाडि बढाउने बताएका छन्। उनले सन् २०१५ सालमा जस्तै बलियो जनमत भएको पार्टीका रूपमा काँग्रेसलाई अघि बढाउने, मुलुकमाथिका चुनौती सामना गर्ने, आम नागरिकमा छाएको निराशा अन्त्य गर्ने तथा बलियो काँग्रेसमार्फत देश र नेपाली जनताको समृद्धिको यात्रा पूरा गर्ने लक्ष्य रहेको बताएका छन्।

रसाईलीले यो महाधिवेशनबाट पनि गगन थापाकै नेतृत्वमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी तय गरेको बताएका छन्।

वीपी कोइरालाको नेतृत्वकालमा नेपाली काँग्रेसको पार्टी संरचना तथा सरकारमा नेपालका सबै जातजाति, वर्ण, लिङ्ग, धर्म र समुदायको प्रतिनिधित्व हुने गरी समावेशी चरित्र निर्माण गरिएको उल्लेख गर्दै उनले वर्तमान सभापति गगनकुमार थापाको नेतृत्वमा पनि सबै जातजाति, वर्ण, लिङ्ग र समुदायको प्रतिनिधित्व हुने गरी पार्टीको विधान निर्माण गरिएको बताएका छन्।

उनले सभापति थापाको नेतृत्वमा पार्टीलाई अघि बढाउन उपसभापति विश्वप्रकाश शर्मासहित नेतृत्वपंक्तिसँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

रसाईली पार्टीको १४ औँ महाधिवेशनमा दलित समावेशीतर्फबाट पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएका थिए। १५ औँ महाधिवेशनमा उनी बझाङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्।

Previous Post

लात्भियामा नयाँ संसद चयनका लागि मतदान सम्पन्न, १४ दल चुनावी प्रतिष्पर्धामा

Next Post

जनमतलाई पार्टीमा अनुमोदन गराउन मेरो उम्मेदवारी : हुकुमसिंह राई

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In