• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

नेपालमा बाढीपछि भारतको महराजगञ्ज र कुशीनगरमा ७ शव फेला

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१२ भाद्र २०८३, शुक्रबार
A A
नेपालमा बाढीपछि भारतको महराजगञ्ज र कुशीनगरमा ७ शव फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा आएको भीषण बाढीको प्रभाव भारतको सीमावर्ती क्षेत्रमा समेत देखिन थालेको छ। उत्तर प्रदेशका महराजगञ्जमा गण्डक (नारायणी) नदीबाट चार तथा कुशीनगरमा तीन गरी सात शव फेला परेका छन्।

अधिकारीहरूका अनुसार फेला परेका शवमध्ये पाँच महिला र दुई पुरुष रहेका छन्। नेपालमा आएको बाढीका क्रममा नदीमा बगेका शव तीव्र बहावसँगै भारततर्फ पुगेको हुनसक्ने आशंका गरिएको छ।

सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा शवहरू बगिरहेको अवस्थामा देखेपछि मोटरबोटको सहयोगमा नदीबाट बाहिर निकालेको हो। त्यसपछि शवहरू महराजगञ्ज र कुशीनगर जिल्ला मुख्यालय पठाइएको छ। हालसम्म कुनै पनि शवको पहिचान हुन सकेको छैन।

निचलौल तहसीलका उपजिलाधिकारी सिद्धार्थ गुप्ताका अनुसार बिहीबार दिउँसो गण्डक नदीबाट चार शव निकालिएका हुन्। तीमध्ये तीन महिला र एक पुरुष छन्। प्रारम्भिक अनुमानमा शवहरू नेपालतर्फबाट नदीको माथिल्लो बहाव हुँदै बगेर आएको हुनसक्ने बताइएको छ।

शवको पहिचान तथा मृतकका आफन्तको खोजीका लागि भारतीय अधिकारीहरू नेपाल प्रशासनसँग निरन्तर सम्पर्कमा रहेको जनाइएको छ। नदी किनारमा एसडीआरएफ, आरआरटी र एसएसबीका टोलीले निरन्तर निगरानी गरिरहेका छन्।

त्यस्तै, कुशीनगरका अपर प्रहरी अधीक्षक सिद्धार्थ वर्माका अनुसार त्यहाँबाट तीन शव फेला परेका छन्। तीमध्ये दुई महिला र एक पुरुष रहेका छन्। तीनै शवलाई फ्रिजरमा सुरक्षित राखेर पहिचानको प्रक्रिया अघि बढाइएको छ।

नेपालमा भारी वर्षापछि गण्डक नदीको बहाव तीव्र बनेकाले आगामी दिनमा थप शव भारततर्फ बगेर आउन सक्ने आशंका अधिकारीहरूले गरेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै महराजगञ्ज र कुशीनगर प्रशासनले नदी किनारमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

Previous Post

तिब्बतमा राहत तथा उद्धार अभियान तत्कालका लागि रोकियो, फेरि बाढी आउने आशंका

Next Post

बाढीपछि उद्धारमा भौगोलिक अवस्था र खराब मौसम चुनौती : भीष्मराज आङ्देम्बे

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In