• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

रिजन खड्का by रिजन खड्का
२० अशोज, २०८३
A A
निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला
0
SHARES
0
VIEWS

पूर्वमुख्यसचिव विमल कोइरालाले लोकतन्त्रको सुदृढीकरणका लागि सरकारलाई निरन्तर खबरदारी गर्ने सशक्त र स्वतन्त्र नागरिक समाज आवश्यक रहेको बताएका छन् ।

ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै कोइरालाले लोकतन्त्रमा राज्यका तीन अंगसँगै प्रेस र नागरिक समाजको महत्वपूर्ण भूमिका रहने बताएका हुन् ।

उनले नागरिक समाज सरकारको निरन्तर निगरानी गर्ने र नागरिकका आवाज राज्यसम्म पुर्‍याउने संस्थाका रूपमा स्थापित हुनुपर्ने बताएका छन् । नेपालमा नागरिक समाज कुनै समय राजनीतिक दललाई समेत खबरदारी र निर्देशन गर्नसक्ने हैसियतमा रहे पनि पछिल्लो समय राजनीतिक स्वार्थ, पद र नियुक्तिको अपेक्षाका कारण कमजोर हुँदै गएको उनको भनाइ थियो ।

कोइरालाले नागरिक समाजमा आबद्ध व्यक्तिहरूले संस्थालाई राजनीतिक पद वा नियुक्ति प्राप्त गर्ने माध्यम बनाउने प्रवृत्तिका कारण नागरिक समाजले उठाउनुपर्ने वास्तविक मुद्दा ओझेलमा परेको बताएका छन् । उनले नागरिक अभियानमा संलग्न संस्थाले सरकारसँग पारदर्शिता र जवाफदेहिताको माग गर्दा आफू पनि पारदर्शी र जवाफदेही हुनुपर्ने बताएका छन् ।

नागरिक अभियान ठूलो त्यागको संस्था भएको भन्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । निर्वाचनबाट प्राप्त जनमतले सरकारलाई वैधानिकता दिए पनि जनताको विश्वास र समर्थन निरन्तर कायम राख्न सरकार जनउत्तरदायी हुनुपर्ने उनले बताएका छन् ।

उनले भने, ‘चौथो अंग भनेर हामीले प्रेसलाई मान्छौँ । लोकतन्त्रको सफलता त्यहाँको प्रेसको स्वतन्त्रतालाई मापन गरेर पनि हेर्न सकिन्छ । त्यस पछिको पाँचौँ शक्ति भनेको नागरिक शक्ति हो, नागरिक अभियान हो । डेमोक्रेसी भनेको बहुमतको अधिनायकवाद होइन । यसमा अल्पमतको पनि त्यत्तिकै स्थान हुन्छ । सानो स्वर पनि त्यहाँ समेटिनुपर्छ ।’

सरकार निष्पक्ष र तटस्थ भएर नागरिकलाई सेवा दिनुपर्ने तथा सेवा, सुविधा र राजकाजमा राजनीतिकरण गर्न नहुने उनले बताएका छन् । नागरिकका आवाज नसुन्ने वा सानो स्वरलाई अपमान गर्ने अवस्था आएमा संगठित नागरिक अभियान आवश्यक हुने उल्लेख गर्दै कोइरालाले नागरिकका आवाज सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा राज्य र समाजसम्म पुर्‍याउनुपर्ने बताएका छन् ।

Previous Post

राजनीति मात्र होइन, नेपाली समाज नै संक्रमणकालमा छः त्रिपाठी

Next Post

पोखरा महानगरको भत्किएको प्रशासनिक भवन हटाउन शुरु

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav