• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

कोहलपुर घटनामा युवतीको बयान– सीएमएले सुई लगाउने बहानामा भित्र लगेर गलत हर्कत गरे

रिजन ढकाल by रिजन ढकाल
२० आश्विन २०८३, मंगलवार
A A
कोहलपुर घटनामा युवतीको बयान– सीएमएले सुई लगाउने बहानामा भित्र लगेर गलत हर्कत गरे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बारम्बार उल्टी भएपछि उपचारका लागि मेडिकल पुगेकी २२ वर्षीया युवतीले स्वास्थ्यकर्मीबाटै यौन दुर्व्यवहार भएको आरोप लगाएपछि उत्पन्न विवाद प्रहरीसम्म पुगेको छ । सामाजिक सञ्जालमा भने धेरैले युवतीलाई नै आरोपित गरिरहेका छन् ।

युवतीसँगै गएकी एक महिलाले स्वास्थ्यकर्मीलाई थर्काउँदै झापड हानेकी थिइन् । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मानिसहरू पक्ष–विपक्षमा बाँडिएका छन् । धेरैले युवती र महिलाले नै गलत नियतले स्वास्थ्यकर्मीलाई आरोप लगाएको दाबी गरेका छन् ।

यो विषय प्रहरीमा पुगिसकेको हुँदा को सही र को गलत भन्ने निर्क्योल अब प्रहरी र अदालतबाटै हुनेछ । आरोपी स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । युवतीले उनीविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएकी छन् । कुनै पनि महिलाको सहमतिबिना पुरुषले यौनाङ्गमा कुनै पनि वस्तु प्रवेश गराउँदा कानुनतः बलात्कार मानिन्छ ।

यसैबीच पीडित भनिएकी युवतीले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै घटनाबारे विस्तृत विवरण सुनाएकी छन् । आफूले केवल उल्टी आएको गुनासो गरेको र ‘डाक्टर’ले सुई लगाउनुपर्ने भन्दै भित्र लगेको उनले बताएकी छन् । सानो कोठाभित्र लगेर आफूलाई यौन दुर्व्यवहार गरेको आरोप उनले लगाएकी छन् ।

सहारा टीभी नामक च्यानललाई दिएको अन्तर्वार्तामा युवतीले बोलेका कुराहरू उनकै शब्दमा:

मलाई खाना खाएपछि ग्यास्ट्रिकले गर्दा उल्टी भइराख्थ्यो । दुई–तीन चोटीसम्म उल्टी भयो । उल्टी हुँदा मेरो घाँटीमा दुख्यो र अड्किएजस्तो भयो ।

एकदमै दुखेपछि मैले म्याम (आफू काम गर्ने क्याफेकी सञ्चालक) लाई भनेँ– म्याम मलाई लास्टै गाह्रो भइरहेको छ । मलाई पैसा दिनुस्, औषधि खोज्न जान्छु । उल्टी रोक्ने औषधि मात्र लिएर एकैछिनमा आइहाल्छु ।

म्यामलाई मैले ‘थापा मेडिकल जान्छु’ भनेको पनि थिइनँ । म बस औषधि मात्रै लिएर आउँछु भनेर त्यहाँबाट निस्किएको हो । अरू केही पनि भएको थिएन मलाई ।

म थापा मेडिकल पुग्दा डाक्टर मात्रै हुनुहुन्थ्यो । मलाई अहिले थाहा भयो कि उहाँ डाक्टर पनि होइन रहेछ । मैले उहाँलाई पेट दुखेको र उल्टी आएको शिकायत गरेँ । अरू केही भनेको थिइनँ । पहिला त सोध्नुभयो– ‘एक्लै आछौ कि कोसँग आछौ ?’ भनेर । मैले भनेँ– ‘एक्लै आएको छु । यतै नजिकै बस्छु म, क्याफेमा काम गर्छु ।’ अनि त्यसपछि ‘ए… गानो जान्छ कि जाँदैन ?’ भन्नुभयो ।

गइराख्थ्यो पहिला, आजभोलि चाहिँ ठीक छ, यति खासै जाँदैन । पहिला औषधि पनि धेरै खाएँ, तर ठीक भएन । अनि आजभोलि चाहिँ ठीक छ भनेँ ।

म अगाडि गएर चेकअप गर्नलाई यसरी मुख थुन्दै वाकवाकी गर्दै त्यहाँ बसेको थिएँ । मलाई उल्टी रोक्ने औषधि दिनुस् भन्दाखेरि ‘औषधिले अहिले हुँदैन, इन्जेक्सन लगाइदिन्छु’ भन्नुभयो । मैले हुन्छ भनेँ ।

उहाँले ‘दुइटा इन्जेक्सन लाग्छ’ भन्नुभयो ।

मैले भनेँ– ‘एउटा उल्टीको लागि दुइटा इन्जेक्सन ? ठीक छ, लगाइदिनु । मलाई ढिलो पनि भइरहेको छ । म वापस जबमा पनि जाने हो’ भनेर भनेँ ।

‘ल ल हुन्छ’ भन्नुभयो । अनि म उठेँ । उठेर यता बस्ने सिटहरू थिए, कुर्सीहरू थिए, त्यहाँ गएर बसेँ म एकछिन ।

अनि ‘छिटो इन्जेक्सन लगाउन आऊ’ भनेर बोलाउनुभयो । भित्रतिर लैजानुभयो । भित्र प्यासेज थियो । प्यासेजको साइडमा रुम थियो । त्यो रुमभित्रको पनि सानो रुममा लगेर राख्नुभयो । भित्रबाट चुकुल लगाउनुभयो । रुमभित्र दुई जनामात्रै थियौँ ।

मलाई लाग्यो कुनै त्यस्तै प्राइभेट पार्टमा (ब्याक साइडमा) इन्जेक्सन लगाउन आँट्नुभएको होला । त्यसैले म हल्का फर्किन खोजेँ । तर उहाँले ‘सीधा होऊ’ भन्नुभयो । ‘सीधा होऊ, अनि खुट्टा तल राख, सीधा गर, हातखुट्टा सीधा राख’ भनेर यसरी मैले सीधा राखेँ ।

त्यसपछि मेरो टी–सर्ट माथि उठाउनुभयो । मैले ह्वाइट कलरको टी–सर्ट लगाएको थिएँ । टी–सर्ट उठाउनुभयो, र त्यसपछि इनर पनि उठाउनुभयो । अनि टच गर्नुभयो । मज्जाले चलाउनुभयो । एकदम नराम्रो तरिकाले यसरी खेलाउनुभयो । मलाई अप्ठ्यारो लागिहाल्यो । ‘के गरेको ?’ भनेर हल्का पछाडि सरेँ म । तर उहाँले यहाँदेखि टच गर्दै हात तल लैजानुभयो । त्यसपछि मेरो पाइन्टको बटन आफैँले खोलिदिनुभयो । अनि हात भित्र हाल्नुभयो ।

भित्र हात हाल्दाखेरि मैले ‘दुख्यो’ भनेर भनेँ । ‘के गरेको ? दुख्यो मलाई यसरी’ भनेर भनेँ मैले । हल्का झर्किएँ पनि म । उहाँले त्यसपछि ‘छैन, केही गानो सानो’ भनेर मजाकीय तरिकाले हाँस्नुभयो । म रिसाएँ । म रिसाउँदाखेरि पनि हाँस्नुभयो ।

त्यसपछि अप्ठ्यारो लागेर आफैँले छिटछिटो चेन बन्द गरेँ । बटन बन्द गर्दाखेरि उहाँले माथि फेरि टच गर्नुभयो । लगभग चार–पाँच चोटि त्यस्तो भयो मसँग ।

उहाँले मलाई टच गर्न अनुमति माग्नुभएको थिएन । उहाँको नियत अरू नै थियो । हाउभाउबाट थाहा भइहाल्छ नि त । उसको फेस एक्सप्रेसनबाट, उसको चालढालदेखि थाहा भइहाल्छ कुन तरिकाले गरिरहेको छ भनेर ।

मलाई अप्ठ्यारो लागेर उठिहालेँ । चुकुल खोलेर बाहिर निस्किएँ । बाहिर बसेँ एकछिन । म के गरौँ, डराएँ म एकछिन । त्यसपछि उहाँले ‘ए भाइ इन्जेक्सन लगाइदे’ भन्नुभयो । उहाँ आफूले सुई लगाइदिनुभएन । पहिला आफूले नै इन्जेक्सन लगाउँछु भनेर बोलाउनुभयो तर आफूले नलगाएर अर्कोलाई अह्राउनुभयो । इन्जेक्सनको लागि म डराएँ । मलाई दुख्छ भनेर भनेँ । साइडमा एउटा दादा हुनुहुन्थ्यो, ‘दादा प्लिज मेरो हात छुनु न, मलाई इन्जेक्सन एकदम डर लाग्छ’ भन्दाखेरि मैले उहाँ दादाको हात छोपेर, आँखा बन्द गरेर यसरी हातमा टाउको राखेर उहाँले चाहिँ मलाई इन्जेक्सन (एउटा… दुईटा इन्जेक्सन) लगाउनुभयो ।

अब औषधि प्याक गर्न लाग्नुभयो उहाँले । मैले भनेँ, ‘मसँग अलि पैसा कम छ, औषधि अलि कम गरिदिनु । नत्र अर्को सस्तोवाला औषधि हालिदिनु’ भनेर भनेँ ।

त्यसपछि मलाई के भयो, कसलाई भनौँ कि नभनौँ भनेर म छटपटिएँ त्यहाँ ।

मैले त्यहाँ तत्काल प्रतिवाद गर्न सकिनँ किनभने म एक्लै गएको थिएँ । त्यहाँ एकजना नर्स दिदी बस्नुभएको थियो । म दिदीको तल बसेँ । भुइँमा बसेर ‘दिदी’ भनेर बोलाएँ । बोलाउँदाखेरि ‘हजुर नानु’ भन्नुभयो । ट्याग देखेँ हस्पिटलको । हस्पिटलको ट्याग देखिसकेपछि मैले ड्रेस हेरेँ राम्रोसँग । उहाँ त हस्पिटलकै हुनुहुँदो रहेछ । अगर मैले उहाँलाई केही भनेँ भने उहाँले त हस्पिटलकै सपोर्ट गर्ने हो । यस्तो सोचेर म ब्याक भइहालेँ त्यहाँदेखि । ‘म यहाँ भन्दिनँ, म जे भन्छु म्यामलाई भन्छु’ भनेर हिँडेँ ।

त्यसपछि मैले औषधि छोपी, पैसा दिएँ । रु. १,०५० को बिल बनेको थियो । मैले औषधि लिएँ र सरासर म्याम भएको ठाउँमा गएँ । म्यामलाई बोलाएँ । अनि म रुन थालिहालेँ । म रुँदै रुँदै गएर म्यामलाई सबै कुरा सुनाएँ । अनि म्यामले मलाई त्यहाँ लिएर जानुभयो । त्यसपछि वादविवाद भयो । उहाँले माफी माग्नुभयो भने ठीक छ, म माफी दिन्छु, अगाडि कुरा बढाउँदिनँ भनेको थिएँ । तर त्यस्तो भएन ।

(मिडियामा) मेरो फेस देखियोस्, मलाई केही पनि चिन्ता छैन । म त देखाउनै चाहन्छु । किनभने मैले झूट बोलेको छैन । केही बिराएको छैन । मैले केही गलत गरेको भए पो डराउने । सबै सच–सच बोलेको छु । मेरो गल्ती छैन भनेपछि म किन डराऊँ ?

हामीलाई पनि त थाहा छ ब्याड टच र गुड टच । म नाबालिक होइन, २२ वर्षको बालिग हो । मलाई सबै कुरा थाहा हुन्छ कि कसले मलाई गुड टच गरेछ, कसले मलाई ब्याड टच गर्‍यो । त्यो त मलाई पनि फिल हुन्छ नि अगाडिको मान्छे हेर्दाखेरि । कत्तिको नजिक छ, कत्तिको टाढा छ, कसरी छोइरहेको छ, कति चोटि बारम्बार गरिरहेको छ । त्यो मलाई पनि त थाहा हुन्छ, बुझ्छु नि मैले । म बच्चा त होइन नि कसैले भड्काएर भड्किने । यस्तो भन, त्यस्तो भन भनेर सिकाएर त भन्दिनँ नि । म बुझ्ने हो, उमेर भएको मान्छे हो, दुनियाँदारी देखेको मान्छे हो, पढेलेखेको मान्छे हो, मलाई पनि त थाहा छ ।

अहिले मेरो फ्यामिलीमा पनि यति धेरै प्रेसर आइसक्यो कि… मेरो ममी–बाबा पनि पछाडि हट्न तयार भइसक्नु भएको थियो प्रेसरले गर्दा, डराएर । म अगाडि बढिरहेको छु, पछाडि हट्दिनँ भन्दाखेरि मेरो ममी र बाबाले भन्नुभयो कि पछाडि हट तँ । नगर् नानी, भोलि गएर हामीलाई पनि, तँलाई पनि, हाम्रो फ्यामिलीलाई बाहिर निस्किन गाह्रो हुन्छ । म पनि डराएँ पहिला । पछि हटौँ कि भन्ने लाग्यो । तर हिम्मत बटुलेर ब्याक नहुने निर्णय गरेँ ।

म पैसाको प्रलोभनमा पर्नेवाला छैन । पैसा बरु उहाँलाई चाहिन्छ भने म उल्टा दिन तयार छु । उहाँलाई कति चाहिन्छ म दिन तयार छु, मलाई पैसा चाहिँदैन । त्यस्तो पैसा चाहिएको कुरा हुँदै होइन । त्यो पैसा दिएर तिनीहरूबाट मेरो इज्जत फिर्ता आउँछ ? मेरो जो बेइज्जत हुन्छ, त्यो फिर्ता आउँछ ? पैसाको कुरै नगरे हुन्छ के । मलाई चाहिँदा पनि चाहिएन । मलाई आफ्नो इज्जत प्यारो छ, पैसा केही छैन । मलाई खानलाउन पुगेकै छ, अनि म बाँच्न सक्छु । त्यतिमा मलाई पुग्यो ।

एउटा कुरा के भन्दा धेरैले मलाई ‘सेतो पानी बग्छ भनेपछि टच गरिहाल्छ नि’ भनेर भन्नुभएको छ । तर मैले त्यो भनेकै छैन । मैले एउटा कुराको उपचार गर्न गएको छु, उसैले अर्को कुरा किन ल्यायो ? मैले उल्टी भइरहेको छ भनेर त्यसको औषधि दिनु भनेर मागेको छु भनेपछि अर्को कुरा निकालेर झुट किन बोल्ने के ? जब गल्ती गरेको छ भनेपछि एक्सेप्ट पनि गरोस् न त । गल्ती एक्सेप्ट गर्नुस्, म माफी दिन तयार छु ।

म बाहिर मुख देखाएर हिँड्नसमेत भएको छैन । यस्तो बनाइसक्यो । के गरी निस्किऊँ म, कसरी निस्किऊँ… उताबाट हेर्छ, त्यो त त्यही केटी हो भनेर । मलाई पनि त नराम्रो लाग्छ । एकदमै गाह्रो भएको छ । मेरोभन्दा अगाडिका दिदीहरूले आवाज उठाउनुभएन, त्यही भएर मसँग आज यस्तो भयो । आज मैले आवाज उठाएँ भने भोलि गएर अर्को दिदीबहिनीसँग यस्तो हुँदैन के । त्यो आशले मैले गरेको हो ।

Previous Post

जनकपुरको दशरथ तलावमा पुरुषको शव फेला

Next Post

ओलीले अध्यक्ष नछोड्ने सन्देशसहितको अपानि जारी (अपानि सहित

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In