• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

इफ यु सी समथिङ, से समथिङ’- शंकास्पद गतिविधि देखे प्रहरीलाई खबर गर्न आग्रह

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
इफ यु सी समथिङ, से समथिङ’- शंकास्पद गतिविधि देखे प्रहरीलाई खबर गर्न आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे त्यसलाई आफैँमा सीमित नराखी तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ ।

‘इफ यु सी समथिङ, से समथिङ’ अर्थात् ‘केही शंकास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्थाको महत्वपूर्ण आधार बनाउँदै प्रहरीले नागरिकको सानो सूचनाले ठूलो अपराध वा दुर्घटना रोक्न सक्ने बताएको छ ।

चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेले चाडपर्वका समयमा सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना अत्यन्त महत्वपूर्ण हुने बताएका छन् । यसलाई व्यावहारिक रूपमा लागू गर्न ‘इफ यु सी समथिङ, से समथिङ’ भन्ने विषयलाई केन्द्रमा राखेर चाडपर्व लक्षित सुरक्षा व्यवस्था लागू गर्ने उनले बताएका छन् ।

उनले भने, ‘कुनै पनि शंकास्पद वा आपराधिक गतिविधि हुन लागेको वा भइरहेको सूचना प्राप्त हुन्छ भने आफैँमा सीमित नराखेर नजिकको प्रहरी कार्यालयलाई सूचना दिनुस् । यहाँको सानो सूचनाले ठूलो दुर्घटना वा ठूलो अपराधबाट हामीले त्यो समाजलाई, त्यो ठाउँलाई जोगाउन सक्छौँ ।’

उनका अनुसार नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्नेछ र सूचनाको गोपनीयता कायम गरिनेछ । आपत्कालीन अवस्थामा नागरिकले प्रहरीको १०० नम्बरमा निःशुल्क फोन गर्न सक्नेछन् । जहाँबाट फोन गरिएको हो, सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २४सै घण्टा फोन उठ्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीको ‘इफ यु सी समथिङ, से समथिङ’ सन्देश भौतिक अपराधमा मात्र सीमित छैन । चाडपर्वमा बढ्न सक्ने डिजिटल ठगी तथा सामाजिक सञ्जालबाट फैलिने गलत सूचनामाथि पनि निगरानी बढाइएको छ ।

प्रहरीले सामाजिक सञ्जाल मनिटरिङ डेस्कमार्फत गलत सूचना, दुष्प्रचार तथा डीपफेक सामग्रीको निगरानी गरिरहेको जनाएको छ । त्यस्ता गतिविधिबाट अपराध वा भ्रम फैलाउने काम भए कानुनअनुसार कारबाही गरिने काफ्लेले बताएका छन् ।

एआईको प्रयोगबाट हुने अनलाइन ठगीलाई पनि यसपटकको सुरक्षा योजनामा समेटिएको छ । नक्कली अनलाइन सपिङ तथा चाडपर्वका अफर, नक्कली लोटरी तथा गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट र प्रोफिट स्किम, मोबाइल बैंकिङ तथा डिजिटल वालेट ठगी, ओटीपी, पिन र पासवर्ड चोरी गर्न हुने फिसिङप्रति प्रहरीले नागरिकलाई सचेत गराएको छ ।

उनले भने, ‘एआईबाट बनाएका आवाज, भिडियो वा आफन्त तथा अधिकारीको नाम आएको असामान्य रकम माग्ने सन्देशलाई तुरुन्त विश्वास नगर्नुहोस्, ठगी हुन सक्छ ।’

५० हजारभन्दा बढी प्रहरी परिचालन

चाडपर्वका समयमा नागरिकको सुरक्षा, सहज आवागमन र शान्ति व्यवस्था कायम गर्न नेपाल प्रहरीले ५० हजारभन्दा बढी जनशक्ति परिचालन गरेको छ । बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरी सुरक्षा योजना लागू गरिएको प्रवक्ता काफ्लेले बताएका छन् ।

प्रहरीले यात्रुको सुरक्षाका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ भने भारत र चीनसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकामा १०८ वटा सहायता कक्ष स्थापना गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कमान्ड पोस्ट स्थापना गरी प्रहरी परिचालनको व्यवस्था मिलाइएको छ । पैदल, मोबाइल, ग्रामीण, क्यूआरटी, एलआरपी, एसआरपी र क्रस पेट्रोलिङलगायतका गस्ती परिचालन गरिएको प्रहरीले जनाएको छ ।

अपराध हुनुअघि नै रोक्ने रणनीति

प्रहरीले यसपटकको सुरक्षा योजनालाई घटना भएपछि अनुसन्धान गर्नेभन्दा अपराध हुनुअघि नै रोक्ने रणनीतिमा केन्द्रित गरेको जनाएको छ ।

उनले भने, ‘हामी घटना घटेर प्रहरीले अनुसन्धान गर्ने मात्रै होइन कि घटना नै घट्न नदिनलाई चोरी, डकैती, लुटपाट हुनै नगर्न दिनलाई विशेष गस्ती पेट्रोलिङको व्यवस्था मिलाएका छौँ ।’

चोरी, डकैती र लुटपाटसँगै जुवातास, अवैध सट्टेबाजी, कालोबजारी, कृत्रिम अभाव, सार्वजनिक स्थलमा झैझगडा तथा उच्छृङ्खल गतिविधिमाथि विशेष निगरानी राखिने भएको छ । सीमा क्षेत्रमा तस्करी, सीमा अपराध तथा विस्फोटक पदार्थको अवैध ओसारपसार रोक्न विशेष चेकजाँचको व्यवस्था गरिएको छ ।

प्रमुख बजार, सपिङ मल, मार्ट, बैंक तथा वित्तीय संस्था, चोक, प्रवेश तथा निकास नाका र सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रमा ड्रोन तथा सीसीटीभीलगायत प्रविधिको प्रयोग गरी निगरानी बढाइएको छ ।

यात्रामा पनि नागरिक निगरानी

चाडपर्वमा ठूलो संख्यामा नागरिक राजधानीबाट बाहिरिने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई प्रहरीले विशेष प्राथमिकता दिएको छ ।

सवारी साधन छुट्ने स्थानमै चालकको लाइसेन्स, मादक पदार्थ तथा लागुपदार्थ सेवन परीक्षण गरिनेछ । लामो दूरीका सवारी साधनमा दुई चालक राख्ने व्यवस्था कडाइका साथ लागू गरिने र सवारी साधनको मेकानिकल परीक्षण प्रतिवेदनसमेत जाँच गरिने प्रहरीले जनाएको छ ।

सिट क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालोबजारी गर्ने, सिट नभएको टिकट जारी गर्ने वा यात्रुलाई अनावश्यक दुःख दिने गतिविधिमाथि पनि निगरानी गरिनेछ ।

प्रहरीका अनुसार चालकले लापरवाहीपूर्वक सवारी चलाएको देखिए यात्रुले तत्काल प्रहरीलाई सूचना दिन सक्नेछन् । सूचना प्राप्त भएपछि अगाडिको प्रहरी स्टेसनबाटै सम्बन्धित सवारी नियन्त्रणमा लिई कारबाही गर्ने व्यवस्था मिलाइएको छ ।

घर छाड्दा पनि सावधानी

चाडपर्वका क्रममा लामो समय घरबाहिर जाने नागरिकलाई प्रहरीले आफ्नो घर खाली रहेको सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक नगर्न आग्रह गरेको छ । घर छाड्नुअघि झ्यालढोका राम्रोसँग बन्द गर्ने, ग्यास तथा विद्युत् जाँच गर्ने, भरपर्दो तालाचाबी तथा इन्टरलक प्रयोग गर्ने, सीसीटीभी तथा पर्याप्त प्रकाशको व्यवस्था गर्न प्रहरीले अनुरोध गरेको छ ।

भीडभाडमा नगद, गरगहना, महँगा मोबाइल तथा अन्य बहुमूल्य सामग्री बोकेर हिँड्दा विशेष सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ ।

नागरिक–प्रहरी सहकार्यमा जोड

प्रहरीले सुरक्षित चाडपर्वका लागि सुरक्षा निकायको मात्र प्रयास पर्याप्त नहुने भन्दै नागरिक, स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।

उनले भने, ‘सुरक्षित चाडपर्व निर्माण गर्नु नेपाल प्रहरीको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको, स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायको साझा जिम्मेवारी हो ।’

यसैअनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सुरक्षा सचेतना बढाउने तथा नागरिकबाट सूचना प्राप्त गर्ने कामलाई तीव्रता दिइने प्रहरीले जनाएको छ ।

विपद् र सडक अवरोधमा पनि तयारी

चाडपर्व अवधिमा सम्भावित विपद्का घटनालाई समेत प्रहरीले सुरक्षा योजनामा समेटेको छ । विपद् तालिम केन्द्र तथा प्रदेशस्तरीय विपद् व्यवस्थापन गुल्मका प्रहरी कर्मचारीलाई खोज, उद्धार, राहत तथा सुरक्षा व्यवस्थाका लागि २४सै घण्टा तयारी अवस्थामा राखिएको काफ्लेले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी मौसम तथा विपद्सम्बन्धी सूचना नागरिकसम्म पुर्‍याउने व्यवस्था गरिएको छ । पहिरो वा अन्य कारणले सडक अवरुद्ध भए सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक उपकरण र जनशक्ति परिचालन गरेर सडक सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रहरीले चाडपर्वमा नागरिकको सुरक्षा, सहज आवागमन र दुर्घटना न्यूनीकरणलाई मुख्य लक्ष्य बनाएको जनाएको छ ।

प्रहरीले शंकास्पद गतिविधि देखिए तत्काल सूचना दिन र चाडपर्वमा आफू पनि सुरक्षित रहने तथा अरूलाई पनि सुरक्षित राख्ने गरी स्वअनुशासन कायम गर्न नागरिकलाई आग्रह गरेको छ ।

Previous Post

नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’

Next Post

यमन द्वन्द्वमा सामेल नहुन साउदी नेतृत्वको गठबन्धनलाई हुथी नेताको चेतावनी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In