• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

यमन द्वन्द्वमा सामेल नहुन साउदी नेतृत्वको गठबन्धनलाई हुथी नेताको चेतावनी

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
यमन द्वन्द्वमा सामेल नहुन साउदी नेतृत्वको गठबन्धनलाई हुथी नेताको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यमनका हुथी विद्रोही समूहका नेता अब्देल–मालिक अल–हौथीले साउदी अरब नेतृत्वको सैन्य अभियानमा सामेल नहुन टर्की र पाकिस्तानलाई आग्रह गरेका छन् ।

रियादले टर्की र पाकिस्तानसँग रक्षा सहयोग बढाउँदै गर्दा अल–हौथीले बुधबार एक टेलिभिजन सम्बोधनमार्फत दुवै मुलुकलाई द्वन्द्वको भूमरीमा नफस्न सचेत गराएका छन् । हुथी नियन्त्रित अल–मसिराह टीभीमार्फत सार्वजनिक सम्बोधनमा अल–हौथीले टर्की र पाकिस्तानभित्रका केही आवाजहरूको प्रशंसा गर्दै उनीहरूले साउदी अरबको सैन्य अभियानलाई अस्वीकार गरेको दाबी गरेका छन् ।

उनले कुनै विशिष्ट अधिकारी वा समूहको नाम नलिए पनि साउदी गठबन्धनमा यी मुलुकहरूको सैन्य उपस्थिति क्षेत्रीय सुरक्षाका लागि थप चुनौतीपूर्ण हुने संकेत गरेका छन् ।

साउदी अरबले हालै मात्र पाकिस्तान र टर्कीसँग रक्षा समन्वय बढाएको छ । यसअघि सोमबार दुवै मुलुकले मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत साउदी अरबलाई आवश्यक सैन्य शक्ति र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । यसले यमनमा जारी द्वन्द्व थप जटिल बन्ने संकेत गरेको छ ।

यसैबीच अल–हौथीले साउदी अरबले सैन्य कारबाही तीव्र पारेको आरोप लगाएका छन् । उनले हालसम्मका कूटनीतिक प्रयासहरू विफल भएको भन्दै वार्ताको ढोका बन्द भएको घोषणा गरेका छन् । उनले रियादले यमनका विमानस्थल, आयात र आर्थिक स्रोतहरूमाथि अझै पनि कडा प्रतिबन्ध लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

रणनीतिक महत्त्वको बाब अल–मान्देब जलडमरूमध्यको नियन्त्रण र त्यसवरिपरिको भू–भागमा हुथी विद्रोही र साउदी समर्थित सरकारी फौजबीच लडाइँ चर्किएको छ । साउदी नेतृत्वको गठबन्धनले हवाई कारबाही तीव्र पारेको छ भने हुथीहरूले पनि साउदी भूमि लक्षित ड्रोन र मिसाइल आक्रमण बढाएका छन् ।

सन् २०१४ मा हुथीहरूले राजधानी साना नियन्त्रणमा लिएपछि सुरु भएको यो द्वन्द्वले यमनलाई गम्भीर मानवीय संकटतर्फ धकेलेको छ ।

Previous Post

इफ यु सी समथिङ, से समथिङ’- शंकास्पद गतिविधि देखे प्रहरीलाई खबर गर्न आग्रह

Next Post

कोप–३१ का लागि मनोनीत अध्यक्ष कुरुमको आह्वानः ‘अब वार्ता होइन, ठोस जलवायु कार्यको समय’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In