• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

नेपाली काँग्रेसको १५ औं महाधिवेशनः मतदान प्रक्रिया प्राविधिक कारणले स्थगित, भोलि बिहान ७ बजे शुरु हुने

रिजन खड्का by रिजन खड्का
२२ आश्विन २०८३, बिहीबार
A A
नेपाली काँग्रेसको १५ औं महाधिवेशनः मतदान प्रक्रिया प्राविधिक कारणले स्थगित, भोलि बिहान ७ बजे शुरु हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारका लागि निर्धारित मतदान प्रक्रिया प्राविधिक कारणवश स्थगित भएको छ।

मतपत्र छपाइमा भएको ढिलाइ र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचन समितिले मतदान प्रक्रिया शुक्रबार बिहान ७ बजेका लागि सारेको हो। नेपाली कांग्रेस निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले पत्रकार सम्मेलन गर्दै मतदान प्रक्रियामा ढिलाइ हुनुको मुख्य कारण प्राविधिक र व्यवस्थापकीय जटिलता भएको स्पष्ट पारेका छन्।

करिब ७ हजार ३१७ मतदाता र २९७ पदका लागि ८५० उम्मेदवार प्रतिस्पर्धामा रहेकाले निर्वाचन प्रक्रिया चुनौतीपूर्ण बनेको उनले बताएका छन्। समितिका अनुसार विधानसम्मत पदहरूको वर्गीकरणअनुसार २३ प्रकारका मतपत्र डिजाइन गर्नुपर्ने अवस्था थियो। जसअनुसार करिब २ लाखको हाराहारीमा मतपत्र छाप्नुपर्ने भएकाले छपाइ प्रक्रियामा प्राविधिक कठिनाइ उत्पन्न भएको हो।

उम्मेदवारी दर्ता, दाबी–विरोध र नामावली सच्याउने प्रक्रियाका कारण अन्तिम नामावली प्रकाशनमा समय लागेकाले छपाइ कार्य प्रभावित भएको हो।

कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार हुने भनिएको मतदान निर्धारित समयमा सम्पन्न हुन नसकेको बताएका छन्। करिब ७ हजार ३०० मतदाता र २९७ पदका लागि करिब ८५० उम्मेदवार रहेकाले २३ प्रकारका मतपत्र गरी करिब २ लाख मतपत्र छाप्नुपर्ने अवस्था रहेको उनले बताए।

उम्मेदवारको दाबी–विरोध, नामावलीको अन्तिम टुंगो र मतपत्र छपाइमा लागेको समयका कारण मतदानमा ढिलाइ भएको उनले बताए। हाल आवश्यक सबै मतपत्र प्राप्त भइसकेको र मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको उनले बताएका छन्।

तर साँझबाट मतदान सुरु गर्दा सुरक्षा तथा व्यवस्थापनमा चुनौती आउन सक्ने भएकाले शुक्रबार बिहान ठीक ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान सञ्चालन गरिने उनले बताए। निर्वाचन समितिका तर्फबाट भएको ढिलाइप्रति सम्पूर्ण महाधिवेशन प्रतिनिधिसँग क्षमायाचना गर्दै शुक्रबार निर्धारित समयमा मतदान प्रक्रियामा सहभागी भई १५औँ महाधिवेशनको निर्वाचन सफल बनाउन सहयोग गर्न उनले आग्रह गरेका छन्।

मतपत्र प्राप्त भए पनि साँझको समयमा मतदान सुरु गर्दा सुरक्षा व्यवस्थापन र प्रकाशको अभावलगायतका चुनौती आउन सक्ने भएकाले समितिले बिहीबार मतदान नगर्ने निर्णय लिएको हो। समितिले महाधिवेशन प्रतिनिधिसँग क्षमा माग्दै शुक्रबार बिहान ठीक ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको जानकारी दिएको छ।

निर्वाचन समितिका अनुसार मतदानका लागि सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भइसकेको छ।

Previous Post

अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन

Next Post

२ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In