• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि एकीकृत समन्वय आवश्यकः पूर्वमुख्यमन्त्री लामा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१४ भाद्र २०८३, आईतवार
A A
बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि एकीकृत समन्वय आवश्यकः पूर्वमुख्यमन्त्री लामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा वागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा बाढीपहिरोले अकल्पनीय क्षति पुर्‍याएको भन्दै तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित विपद् व्यवस्थापनसम्बन्धी छलफलमा बोल्दै लामाले भदौ १० गते चीनको सीमावर्ती क्षेत्रबाट सुरु भएको बाढीले ठूलो जनधनको क्षति गरेको बताए। गोसाइँकुण्ड मेला तथा जनैपूर्णिमाको समयमा आएको विपद्का कारण तीर्थयात्री र स्थानीय बासिन्दा गम्भीर रूपमा प्रभावित भएको उनको भनाइ थियो।

लामाले त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको सुरुङभित्र ४१ जना श्रमिक अझै फसिरहेको जानकारी दिए। सामाजिक सञ्जालमा उनीहरूको उद्धार भइसकेको भन्दै फैलिएका सूचना भ्रामक रहेको उनले स्पष्ट पारे।

सुरुङभित्र रहेका श्रमिकसँग सुरुका दिनमा सम्पर्क भए पनि अहिले मोबाइल सम्पर्क विच्छेद भएको लामाले बताए। उनीहरूको सकुशल उद्धारका लागि नेपाली सेनाले प्रयास गरिरहेको भए पनि दक्ष प्राविधिक, विशेषज्ञ र आवश्यक उपकरणसहितको टोली तत्काल परिचालन गर्नुपर्नेमा उनले जोड दिए।

विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट कार्यविभाजन र प्रभावकारी समन्वय आवश्यक रहेको लामाले बताए। राहत वितरणमा एकद्वार प्रणाली अपनाउँदै दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत तत्काल राहत सामग्री पुर्‍याउनुपर्ने उनको माग छ।

बाढीले नुवाकोट र रसुवा जोड्ने पुलहरू बगाएपछि यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको भन्दै लामाले तत्काल बेलीब्रिज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार देवीघाटमा ५५ र ६० मिटरका दुईवटा, बेत्रावतीमा ७० मिटर तथा नयाँ पुल क्षेत्रमा ५५ मिटर लामो बेलीब्रिज आवश्यक छ।

सडक तथा पुल सम्पर्क विच्छेद हुँदा ग्रामीण क्षेत्रमा खाद्यान्न, खाना पकाउने ग्यास र औषधिको अभाव भएको लामाले बताए। विद्युत् सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले नेपाल विद्युत् प्राधिकरणमार्फत तत्काल विद्युत् सेवा सञ्चालन गर्न उनले आग्रह गरे।

उद्धार तथा राहत कार्यमा तीन तहका सरकारबीच समन्वयको अभाव देखिएको लामाले बताए। बाढीका कारण पशुचौपायाको समेत ठूलो क्षति भएकाले मृत चौपायाबाट दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढ्न सक्ने भन्दै प्रभावित क्षेत्रमा सरसफाइ तथा स्वास्थ्य सतर्कता बढाउनुपर्नेमा उनले जोड दिए।

Previous Post

चीनबाट ५० टन राहत सामग्रीसहित दुई विमान काठमाडौंमा

Next Post

चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In