• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश मधेश प्रदेश

चाडपर्वमा सरकारी अधिकारीलाई दशैं भेटी संस्कार ! प्रहरी प्रशासनकै मिलोमतोमा व्यापक तस्करी

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
चाडपर्वमा सरकारी अधिकारीलाई दशैं भेटी संस्कार ! प्रहरी प्रशासनकै मिलोमतोमा व्यापक तस्करी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा, २५ मंसिर । दशैँ–तिहार नजिकिँदै गर्दा सिरहामा अवैध कारोबारमा संलग्न तथा क्रसर सञ्चालकहरूको समूहले सरकारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई ‘दशैँ भेटी’ चढाउने गरेको पाइएको छ।

सीमा नाकामा तस्करीमा संलग्न व्यक्ति तथा अन्य अवैध कारोबार गर्नेहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीका प्रमुखसहित सम्बन्धित निकायका अधिकारीलाई चाडपर्वको नाममा रकम बुझाउने गरेको पाइएको हो। सिरहामा जम्मा ४६ किलोमिटर खुला सीमानाकामा व्यापक प्रहरी परिचालन गरिए पनि तस्करी नियन्त्रण हुन नसक्नुले प्रहरी प्रशासनकै मिलेमतो रहेको आशंका गरिएको छ।

नेपालबाट भारततर्फ मदिरा, चाइनिज स्याउ र मटर तस्करी गर्ने तथा भारतीय बजारबाट खाद्यान्न सामग्री, स्पेयर पार्ट्स, लागुऔषधलगायतका सामग्री तस्करी गरी नेपाल भित्र्याउने ठूला तथा साना तस्करहरूले जिल्ला मातहतका सबै इलाका तथा प्रहरी बिटसम्ममा समेत बाध्य भएर दशैँ खर्च बुझाउनुपर्ने तस्करहरू नै बताउँछन्। तस्कर मात्र नभई सिरहामा अवैध रूपमा बिना नवीकरण तथा मापदण्ड नपुगेका क्रसर व्यवसायीहरू र जिल्लाको सिरहा, माडर बजार, लहान, गोलबजार, मिर्चैयालगायतका बजारमा रेस्टुरेन्टको नाममा देहव्यापार चलाउनेहरूले समेत सम्बन्धित निकायलाई दशैँ भेटी चढाउनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।

तस्करहरूले प्रहरी प्रशासनको ओहदाअनुसार दशैँ खर्च बुझाउने गरेको स्रोतको दाबी छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले सादा पोसाकमा खटाइएका प्रहरीमार्फत दशैँ खर्चको नाममा अवैध रकम असुली गर्ने गरेको नाम उल्लेख नगर्ने सर्तमा सिरहाका एक नामुद तस्करले बताए। उनले भने, “सिरहामा न कहिल्यै तस्करी रोकिएको छ, न रोकिनेछ। चाहे जोसुकै गृहमन्त्री आए पनि तस्करी नियन्त्रण गर्न सकिँदैन।” उनले थपे, “देशमा जोसुकै गृहमन्त्री आए पनि सिरहामा तस्करी नियन्त्रण गर्न कठिन छ।” उनका अनुसार इमानदार कर्मचारी आए पनि पैसा बुझाएपछि उनीहरूबाटै सहजता पाउने प्रवृत्ति छ।

क्रसर व्यवसायीहरूले पनि प्रति क्रसर कर्मचारीहरूको ओहदाअनुसार ५ हजारदेखि ३० हजार रुपैयाँसम्म र साना तस्करहरूले पनि ५ हजारदेखि ५० हजार रुपैयाँसम्म बुझाउने गरेको आरोप लगाएका छन्। मातहतका इलाका तथा अन्य तहमा समेत रकम दिने गरेको उनीहरूको दाबी छ।

सिरहामा नवीकरण भएका तथा नभएका गरी करिब १३ वटा क्रसर व्यवसायी छन् भने दर्ताबिनै ग्राभेल उत्खनन गर्ने करिब १० जना, ठूला तस्कर करिब ९० जना र साइकल तथा मोटरसाइकलमार्फत सामान ओसारपसार गर्ने करिब ५० जना रहेको स्रोतको दाबी छ। यी समूहबाट चाडपर्वका नाममा लाखौँ रुपैयाँ उठ्ने गरेको स्रोतको भनाइ छ।

एक क्रसर व्यवसायीले नाम नखोल्ने सर्तमा दशैँका बेला रकम बुझाउनुको मुख्य उद्देश्य अवैध उत्खनन तथा क्रसर सञ्चालनमा ‘कानुनी अड्चन’ नआओस् भन्ने रहेको बताए। कुनै न कुनै बहानामा अतिरिक्त रकम नबुझाए विभिन्न किसिमका अवरोध हुने गरेको उनको भनाइ छ। त्यस्तै, एक तस्करले पनि आफ्नो रुटमा सहजता र सुरक्षा सुनिश्चित गर्न प्रहरी तथा सशस्त्र प्रहरीका सम्बन्धित अधिकारीलाई रकम बुझाउनुपर्ने दाबी गरेका छन्।

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य देवकुमार यादवले चाडपर्वको नाममा सरकारी अधिकारीलाई रकम बुझाउने प्रथा सत्य भए त्यसले विधिको शासनमै गम्भीर असर पार्ने बताए। यद्यपि, आरोपित सरकारी अधिकारीहरूले भने रकम लिएको आरोप अस्वीकार गरेका छन्। जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पाललाई दशैँको मुखमा व्यापक तस्करी भइरहेको विषयमा जिज्ञासा राख्दा उनले, “जिल्लामा तस्करी भएको मैले कसरी भनूँ? तपाईंहरू खोज्नुस्, अनि बुझेर समाचार लेख्नुस्,” भन्दै पन्छिए।

पुनः मातहतका प्रहरी चौकीहरूमा तस्करहरूले दशैँ भेटी दिने गरेको आरोपबारे प्रश्न गर्दा डीएसपी पालले भने, “कसले कसलाई दिएको हो वा कहाँ पुगेन, त्यो मलाई जानकारी भएन। तर, तस्करी हाम्रो नजरमा शून्य छ।” त्यसपछि उनी थप प्रतिक्रिया दिन सम्पर्कमा आउन चाहेनन्।

नेपाली संस्कृतिमा मान्यजनलाई ढोगेर दक्षिण वा उपहार दिने चलन छ। तर, यसैको आडमा सरकारी कार्यालयहरूमा काम छिटो गराउन वा स्वार्थ सिद्ध गर्न कर्मचारीलाई उपहारको नाममा अवैध रकम दिने प्रवृत्ति बढेको स्थानीयहरूको भनाइ छ।

Previous Post

बेत्रावतीमा नयाँ मोडुलर एक्रो ब्रिज निर्माण सम्पन्न, सञ्चालनमा आउने

Next Post

म्यानचेस्टर सिटीको पोल खोल्ने ह्याकर रुई पिन्टो सुरक्षा व्यवस्था यथावत

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In