काठमाडौं, २५ असोज । हनुमानढोकाको दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ।
घटस्थापनाको दिन आइतबार बिहान ११ बजेर ४७ मिनेटको शुभसाइतमा मंगलधुन र तोपको सलामीसहित दशैंघरमा जमरा राखिएको हो।
आजदेखि बडादशैंको नवरात्र सुरु भएको छ। जमरा राखेपछि विधिवत् रूपमा बडादशैं शुभारम्भ भएको मानिन्छ।
