• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 16, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्री पदमा प्रदीप पौडेलले आफ्नो अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार खुला उपसभापति पदका उम्मेदवार डा. भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्। ई. मधु आचार्यले ७१२ मत पाउँदा सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३७१ र प्रा.डा. चन्द्रमोहन यादवले १९३ मत हासिल गरेका छन्।

समावेशी उपसभापति पदतर्फ विनोदकुमार चौधरी ६१५ मतसहित पहिलो स्थानमा रहेका छन्। जीवन परियारले ५७८ मत प्राप्त गरेका छन् भने सीता गुरुङले ३३४, फरमुल्लाह मंसुरले २८५ र रंजीत कर्णले १८३ मत पाएका छन्।

महामन्त्री पदमा प्रदीप पौडेलको अग्रता

खुला महामन्त्री पदको मतगणनामा प्रदीप पौडेलले १ हजार ३८१ मत प्राप्त गर्दै अग्रस्थान कायम राखेका छन्।

उदयशम्शेर राणाले ७८६ मतसहित दोस्रो स्थानमा रहेका छन्। यसअघि अमरसिंह पुन मगरभन्दा पछाडि रहेका राणा पछिल्लो परिणाममा दोस्रो स्थानमा उक्लिएका हुन्। पुन मगरले ६९५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।

निर्वाचन समितिबाट प्राप्त विवरणअनुसार डा. सुनीलकुमार शर्माले ५२६ मत, गुरुराज घिमिरेले ३२८ मत र नैन सिंह महरले २७० मत प्राप्त गरेका छन्। त्यस्तै, शंकर तिवारीको पक्षमा ४६ मत र डा. सन्तोष उपाध्यायको पक्षमा २८ मत खसेको छ।

हालसम्मको मतपरिणाममा खुला महामन्त्री पदमा पौडेल अन्य उम्मेदवारभन्दा अगाडि देखिएका छन्।

महिला महामन्त्री पदतर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गर्दै अग्रता लिएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मत पाएकी छन् भने रीता खनालले २५१ मत प्राप्त गरेकी छन्।

Previous Post

बूढीगण्डकी बाढी : नेपाली सेनाद्वारा जोखिममा रहेका ३६ जनाको उद्धार

Next Post

बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In