• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश

धादिङबेंसी जोड्ने फुर्केखोलामा तत्काल बेलीब्रिज राख्न सक्ने देखिएनः महानिर्देशक डा. जैसी

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१४ भाद्र २०८३, आईतवार
A A
धादिङबेंसी जोड्ने फुर्केखोलामा तत्काल बेलीब्रिज राख्न सक्ने देखिएनः महानिर्देशक डा. जैसी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बाढीले काठमाडौं–धादिङबेंसी जोड्ने फुर्केखोलाको पुल बगाएपछि तत्काल यातायात सञ्चालनमा ल्याउन कठिन देखिएको छ। पुलको विकल्पका रूपमा सडक विभागले वैकल्पिक मार्गको अध्ययन तथा सुधारको काम अघि बढाएको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार बाढीले ११८ मिटर लामो स्टिल प्लेट गर्डर पुलसँगै एउटा पियरसमेत बगाएको छ। स्थलगत निरीक्षणपछि तत्काल बेलीब्रिज राखेर यातायात सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनले बताए।

पुलको लम्बाइ ठूलो हुनुका साथै एउटा पियर नै बगेकाले उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने देखिएको जैसीले बताए। यद्यपि, बेलीब्रिज राख्न सकिने सम्भावनासहित अन्य विकल्पबारे प्राविधिक अध्ययन भइरहेको उनले जानकारी दिए।

पुलको विस्तृत अवस्था र क्षतिको मापन गर्न विभागले प्राविधिक टोली परिचालन गर्ने भएको छ। प्राविधिक अध्ययनपछि उपलब्ध संरचनालाई प्रयोग गरेर नयाँ डेक निर्माण गर्ने वा हालको पुलसँग जोडेर नयाँ पुल निर्माण गर्ने विकल्पमा विभागले काम गर्नेछ।

पुरानो पुलको संरचना प्रयोग गर्न सम्भव भए त्यसैलाई आधार बनाएर नयाँ डेक निर्माण गर्न सकिने विभागको भनाइ छ। संरचना प्रयोग गर्न नमिल्ने अवस्था भए नयाँ पुल निर्माण गर्नुपर्ने हुन सक्छ। स्थायी पुल निर्माणका लागि प्राविधिक अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइनेछ।

महानिर्देशक जैसीले फुर्केखोलाको पुल काठमाडौं र धादिङबीचको महत्वपूर्ण ‘लाइफलाइन’ रहेको बताए। मित्रराष्ट्रको सहयोगमा निर्माण भएको ११८ मिटर लामो स्टिल प्लेट गर्डर पुल ठूलो वर्षा, बाढी तथा पहिरोका कारण बगेको उनले बताए।

तत्काल यातायात सञ्चालनका लागि लामो स्पानको बेलीब्रिज उपलब्ध नभएकाले समस्या भएको जैसीले बताए। छोटो स्पानका बेलीब्रिजलाई दुईतर्फका पियरमा जोड्दा पनि आवश्यक दूरीभन्दा कम हुने भएकाले तत्काल बेलीब्रिज राख्न कठिन देखिएको उनको भनाइ छ।

यसैबीच, पुल बगेपछि प्रभावित क्षेत्रमा वैकल्पिक सडकमार्फत यातायात सञ्चालनमा ल्याइएको छ। मासटारतर्फको पुल सुरक्षित रहेकाले फुर्केखोलाबाट मासटारसम्मको सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालिएको सडक विभागले जनाएको छ।

विभागले उक्त वैकल्पिक सडकलाई तत्काल ग्राभेल गरी आवागमन सहज बनाउने तयारी गरेको छ। फुर्केखोला पुलको पुनर्निर्माणका लागि भने प्राविधिक अध्ययनपछि निर्माणको विधि र समयसीमा तय गरिने विभागले जनाएको छ।

Previous Post

पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन सुरु, कसरी गर्छन परिवारले पहिचान ?

Next Post

विनाशकारी बाढीका परेका ७३५ जनाको शव फेला

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In