काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ७३५ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान ११स्०० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा गरी ७३५ जनाको शव फेला परेको हो।
जिल्लागत रूपमा फेला परेका शवको विवरणः
चितवनः २५९ जना
नवलपरासी पूर्वः १८४ जना
नवलपरासी पश्चिमः ८२ जना
गोरखाः ५८ जना
नुवाकोटः ५२ जना
धादिङः ५० जना
तनहुँः ३७ जना
रसुवाः १३ जना
२५ प्रहरी कर्मचारी अझै बेपत्ता
बाढी र पहिरोमा परी उद्धार तथा सुरक्षामा खटिएका २५ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन्।
उनीहरूको खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ। हाल देशभर बाढी प्रभावित क्षेत्रमा ७,२९३ जना प्रहरी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।
