• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१४ भाद्र २०८३, आईतवार
A A
दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चीनको तिब्बतबाट भोटेकोशी नदीमा आएको बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ। बाढीको तीव्र बहावका कारण पुलको बियरिङमा अत्यधिक दबाब परेपछि करिब ४० मिटर लामो प्रि–स्ट्रेस्ड पुल बाङ्गिएको सडक विभागले जनाएको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार करिब ५०० देखि ६०० टनसम्म भार वहन गर्न सक्ने पुल बाढीको बहावका कारण एकातर्फ बढी र अर्कोतर्फ कम उचालिएर बाङ्गिएको हो। पुल बियरिङमा बस्नुपर्ने भए पनि हाल स्टपरमा आएर बसेको अवस्थामा रहेको उनले बताए।

पुलको संरचना आफ्नो डिजाइनअनुसार भार वहन गर्न सक्ने अवस्थामा नरहेकाले तत्काल भारी सवारी सञ्चालनमा रोक लगाइएको जैसीले जानकारी दिए। अहिले पुलमा सीमित रूपमा हलुका सवारीसाधन मात्र सञ्चालन गर्ने तयारी भइरहेको छ।

पुललाई चारैतिरबाट ज्याक लगाएर उचाली पुनः बियरिङको सही स्थानमा राख्ने तयारी गरिएको छ। यसका लागि गल्छी–बेत्रावती सडक आयोजनाले ठेकेदारसँग समन्वय गरी आवश्यक प्राविधिक जनशक्ति र उपकरणको खोजी गरिरहेको विभागले जनाएको छ।

पुल उचाल्ने कामका लागि नेपालमा उपलब्ध जनशक्ति तथा उपकरण परिचालन गरिने र आवश्यक परे भारतबाट समेत प्राविधिक टोली ल्याइने जैसीले बताए। पुल मर्मत नगरी भारी सवारीसाधन सञ्चालन गर्दा स्टपरमा थप क्षति पुग्न सक्ने भएकाले सावधानी अपनाइएको उनको भनाइ छ।

नुवाकोटको देवीघाटमा बेलीब्रिज निर्माण गरी भारी सवारीसाधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिने तयारी छ। त्यसअगावै कोल्पुखोला पुललाई बियरिङमा पुनःस्थापना गर्ने विभागको योजना छ।

यसैबीच, बाढीका कारण क्षतिग्रस्त गल्छी–स्याफ्रुबेसी–बेत्रावती सडकखण्डलाई करिब दुई साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको विभागले जनाएको छ। बाढीले उक्त सडकखण्डको करिब ४० किलोमिटर सडकमा क्षति पुर्‍याएको छ।

नुवाकोट सदरमुकाम विदुरदेखि बेत्रावतीसम्मको करिब १० किलोमिटर सडकखण्डमध्ये चारदेखि पाँच किलोमिटर सडक त्रिशूली नदीमा बगेको जैसीले बताए। बगेको सडकखण्डमा तत्काल अस्थायी संरचना निर्माण गरी सडक सञ्चालनमा ल्याउने उपायबारे काम भइरहेको छ।

रसुवाको सदरमुकाम धुन्चे जोड्न बेत्रावतीतर्फबाट वैकल्पिक सडकसमेत पहिचान गरिएको विभागले जनाएको छ। उक्त मार्गलाई छिटो सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। तर मैलुङ–स्याफ्रुबेसी सडकखण्डमा तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको जैसीले बताए।

चीनको तिब्बतबाट भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। सडक विभागले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।

प्रारम्भिक चरणमा कम क्षति भएका सडक तथा पुलको मर्मत गरी सञ्चालनमा ल्याउने र तत्काल सञ्चालन गर्न नसकिने संरचनाका लागि वैकल्पिक सडकमार्ग पहिचान गर्ने काम भइरहेको विभागले जनाएको छ।

Previous Post

विनाशकारी बाढीका परेका ७३५ जनाको शव फेला

Next Post

फुर्के खोला पुल बगाएपछि मासटार–क्युरिनटार हुँदै धादिङबेसी जोडियो

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In