• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 18, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश

सामाजिक सञ्जालमा अपराधिक गतिविधि गर्ने दुईजना पक्राउ

रिजन खड्का by रिजन खड्का
२६ आश्विन २०८३, सोमबार
A A
सामाजिक सञ्जालमा अपराधिक गतिविधि गर्ने दुईजना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, २६ असोज । धनुषा प्रहरीले सामाजिक सञ्जालमा डरत्रास फैलाउने प्रकृतिका आपराधिक गतिविधि देखाउने जनकपुरधामका दुई युवकलाई पक्राउ गरेको छ।

सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाउँदै डरत्रास फैलाउने प्रकृतिका आपत्तिजनक तस्बिर र भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१३ धाताटोल निवासी अन्दाजी १८ वर्षीय काले भन्ने सुमन पटेल र जनकपुरधाम उपमहानगरपालिका–१९ निवासी अन्दाजी २१ वर्षीय काले भन्ने पशुपति पासवानलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पटेलले फेसबुकमा धारिलो हतियार खुकुरी देखाएर त्रास फैलाउने प्रकृतिको तस्बिर अपलोड गरेको पाइएको थियो। सोही आधारमा प्रहरीले उनलाई आइतबार साँझ करिब साढे ५ बजे घरबाटै नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका युवकमाथि अनुसन्धान भइरहेको छ। घटनामा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यस्तै, पासवानमाथि सामाजिक सञ्जाल टिकटकमार्फत डरत्रास, धाकधम्की तथा सामाजिक हिंसा फैलाउने प्रकृतिको भिडियो सार्वजनिक गरेको आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पासवानले टिकटकमा समाजमा डरत्रास र धाकधम्की सिर्जना गर्नुका साथै हिंसा फैलाउन सक्ने प्रकृतिको भिडियो अपलोड गरेको पाइएको थियो। सोही आधारमा प्रहरीले उनलाई सोमबार बिहान करिब ८ः३० बजे आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनाबारे जानकारी दिँदै पक्राउ परेका युवकमाथि अनुसन्धान भइरहेको र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको बताएका छन्।

सामाजिक सञ्जालको प्रयोग गरी समाजमा डरत्रास, धाकधम्की तथा हिंसा फैलाउने गतिविधि गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

 

Previous Post

एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली

Next Post

आज पनि सुन तोलामा २२ सयले घट्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In