काठमाडौं, २७ असोज । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यमा ओरालो लागेको छ । मंगलबार सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
