• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

संघीय सरकारले राहत संकलन गरेको छ, वितरण गर्न सकेको छैनः मुख्यमन्त्री थापा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१४ भाद्र २०८३, आईतवार
A A
संघीय सरकारले राहत संकलन गरेको छ, वितरण गर्न सकेको छैनः मुख्यमन्त्री थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकारले रसुवा बाढीपीडितका लागि राहत सामग्री संकलन गरे पनि प्रभावित क्षेत्रमा पु¥याउन नसकेको आरोप लगाएका छन्।

आइतबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रभावित क्षेत्रमा राहत पु¥याउन सरकार असफल भएको बताएका हुन्। संघीय सरकारले राहत नेपाली सेनाको नुवाकोटको बट्टारस्थित ब्यारेक र रसुवाको धुन्चेस्थित ब्यारेकमा संकलन गरेर राखेको उनले बताएका छन्।

उनले संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई बेवास्ता गर्दा प्रभावकारी ढंगले राहत वितरण तथा उद्धारको काम हुन नसकेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री कार्यालयमा आइतबार भएको छलफलपछि राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने जिम्मेवारी वाग्मती सरकारलाई दिएको जानकारी दिएका छन्। उनले अब प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर राहत सामग्री वितरण गर्ने बताएका छन्।

उनले भने, ‘आज प्रधानमन्त्री कार्यालयबाट मलाई साढे ११ बजे बोलाएको थियो। त्यहाँको विपद् व्यवस्थापनको टिमसँग म बसेँ। उहाँहरूले राहत संकलन गर्नुभएको छ, तर सम्बन्धित ठाउँमा अहिले पनि राहत पुगेको छैन। मैले त्यहाँ त्यहीँबाट गोसाइँकुण्ड गाउँपालिका अध्यक्षज्यूलाई फोन लगाए र उहाँलाई ह्यान्ड्सफ्रि सुनाएँ।

जति पनि राहत सामग्रीहरू नुवाकोटको बट्टारमा गएर बसेको छ। अनि रसुवाको धुन्चेको ब्यारेकमा गएर बसेको छ। त्यो सामग्रीलाई डिस्ट्रिब्युसन गर्नुप¥यो, मुख्यमन्त्रीज्यू अब हामीबाट नहुने भो। यो चाहिँ तपाईँले स्थानीय पालिकाबाट समन्वय गरिदिनु प¥यो, पालिकाका अध्यक्षज्यूहरूलाई जोड दिएर त्यसको जिम्मा अब तपाईँले लिनुप¥यो भनेर आज अहिले मलाई जिम्मा लगाउने काम भएको छ।

अहिले सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिका, उत्तरगया र किस्पाङ यी तीनवटा पालिकामा बढी क्षति भएको छ। गोसाइँकुण्डमा झन्डै त्यहाँ २ हजारभन्दा बढी मिसिङ हुनुभएको छ। त्यहाँको स्याफ्रुबेसी, टिमुरेलगायतका क्षेत्रहरू पूरै बजारै ध्वस्त भएको छ। म आफैँ फिल्डमा गएर हेरेर आएँ। त्यसैगरी तल चाहिँ उत्तरगयाको बेत्रावती बजार कुनै पनि घरहरू नभइराखेको अवस्था छ। त्यो लाशहरू त्यो खोलाको वरिपरि यत्रतत्र छरिराखेको अवस्था छ।’

बाइट… किरण थापा मगर, मुख्यमन्त्री, वागमती प्रदेश

मुख्यमन्त्री किरण थापाले रसुवामा आएको बाढीबाट करिब ५ हजारभन्दा बढी मानिस बेपत्ता भएको दाबी गरेका छन्। उनका अनुसार गोसाइँकुण्ड, उत्तरगया र किस्पाङ गाउँपालिकामा बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

गोसाइँकुण्ड गाउँपालिकामा मात्रै करिब २ हजारभन्दा बढी मानिस बेपत्ता भएको उनले बताएका छन्। बाढीमा संविधानसभा सदस्य कर्ण लामाको परिवारका सदस्यहरू पनि बेपत्ता भएको उनले जानकारी दिएका छन्।

गोसाइँकुण्ड गाउँपालिकाकी पूर्वउपाध्यक्ष प्रतिभा लामा, वडा नम्बर २ का अध्यक्ष कामी छिरिङ तामाङ र वडा नम्बर ५ का अध्यक्ष दावा मिङ्मा तामाङसमेत बेपत्ता रहेका छन्।

Previous Post

नेपाल प्रहरीद्वारा शिवालय आधारभूत विद्यालयमा उद्धार गरिएका बाढीपीडितलाई स्वास्थ्य सेवा

Next Post

वाग्मती प्रदेशले विपद् प्रभावित चार जिल्लालाई ३ करोड राहत दिने

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In