काठमाडौं। उत्तरगया गाउँपालिका–५ स्थित श्री शिवालय आधारभूत विद्यालयमा आश्रय लिइरहेका उद्धार गरिएका बाढीपीडितलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।
स्वास्थ्य मन्त्रालयको सहकार्यमा नेपाल प्रहरीले विद्यालयमा आश्रय लिइरहेका बाढीपीडितको स्वास्थ्य जाँच तथा आवश्यक उपचार सेवा उपलब्ध गराएको हो।
बाढीका कारण प्रभावित भएका नागरिकलाई सुरक्षित स्थानमा ल्याएर स्वास्थ्य अवस्था परीक्षण गर्नुका साथै आवश्यक औषधि तथा स्वास्थ्य परामर्श प्रदान गरिएको जनाइएको छ।
विपद्का कारण घाइते तथा बिरामी पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको समन्वयमा स्वास्थ्य सेवा निरन्तर प्रदान गर्ने व्यवस्था मिलाइएको छ।


