काठमाडौं । नुवाकोट — रसुवामा आएको भीषण बाढीपहिरोपछि नुवाकोटका देवचन्द्र रिजाल बेपत्ता भएका छन्। विदुर नगरपालिका–२ निवासी रिजाल हालै रसुवामा आएको विपत्तिपछि सम्पर्कविहीन भएका हुन्।
परिवारका अनुसार रिजालको एनसेल सिमको अन्तिम लोकेसन रसुवाको गोल्जुङनजिक बाहुनडाँडा–सामखाङ स्तुपा जंगल क्षेत्रमा देखिएको छ। उनको मोबाइल लोकेसनअनुसार रसुवा, आमाछोदिङ्मो गाउँपालिका–४ क्षेत्रमा अन्तिम सक्रियता दिउँसो १ः१६ बजे देखिएको जनाइएको छ।
उपलब्ध लोकेसन विवरणअनुसार उनको अन्तिम स्थान २८°१०’०७.७” उत्तर, ८५°१९’२७.७” पूर्व रहेको बताइएको छ।
रिजालको खोजी तथा उद्धारका लागि परिवारले स्थानीय प्रशासन, प्रहरी, उद्धार टोली तथा सम्बन्धित निकायसँग सहयोगको अपिल गरेको छ। परिवारका अनुसार हालसम्म उनीसँग प्रत्यक्ष सम्पर्क हुन सकेको छैन।
रिजालका बारेमा कुनै जानकारी वा सम्भावित लोकेसनबारे जानकारी भएमा ९८५१०८३६५२ मा तत्काल सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।
बेपत्ता व्यक्तिको विवरण:
नाम: देवचन्द्र रिजाल (रिजाल)
स्थायी ठेगाना: विदुर–२, नुवाकोट
बेपत्ता भएको स्थान: रसुवा
अन्तिम लोकेसन: गोल्जुङनजिक बाहुनडाँडा–सामखाङ स्तुपा जंगल
अन्तिम सक्रियता: दिउँसो १ः१६ बजे
लोकेसन: २८°१०’०७.७”N, ८५°१९’२७.७”E
सम्पर्क: ९८५१०८३६५२
