• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश

रसुवाको धुन्चे बजारमा विद्युत् सेवा पूर्ण रूपमा सुचारु, अन्य क्षेत्रमा पुनःस्थापनाको काम जारी

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१५ भाद्र २०८३, सोमबार
A A
रसुवाको धुन्चे बजारमा विद्युत् सेवा पूर्ण रूपमा सुचारु, अन्य क्षेत्रमा पुनःस्थापनाको काम जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रसुवामा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा क्रमशः पुनःस्थापित हुन थालेको छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित धुन्चे बजारका सम्पूर्ण स्थानमा विद्युत् सेवा सुचारु भएको छ।

बाढीपछि विद्युत् संरचनामा क्षति पुग्दा जिल्लाका विभिन्न स्थानीय तहमा विद्युत् सेवा प्रभावित भएको थियो। विद्युत् सेवा अवरुद्ध भएका क्षेत्रमा प्राविधिक टोली परिचालन गरी मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइएको छ।

विद्युत् आपूर्ति अवस्थासम्बन्धी पछिल्लो विवरणअनुसार गोसाइँकुण्ड गाउँपालिकाका सबै वडामा विद्युत् सेवा अवरुद्ध रहेकोमा वडा नम्बर ६ अर्थात् धुन्चे बजारका सम्पूर्ण स्थानमा विद्युत् सेवा पुनःस्थापित भइसकेको छ। त्यस्तै वडा नम्बर ५ को आधा भू–भागमा समेत विद्युत् सेवा पुनःस्थापना गर्ने काम भइरहेको छ र आज साँझसम्म सेवा सुचारु हुने अपेक्षा गरिएको छ।

यसैगरी नौकुण्ड गाउँपालिकाका केही स्थानमा विद्युत् सेवा सुचारु भइसकेको छ भने बाँकी स्थानमा सेवा पुनःस्थापनाको काम भइरहेको छ। बाढीबाट प्रभावित विद्युत् संरचनामा आवश्यक मर्मत तथा प्राविधिक कामलाई निरन्तरता दिइएको छ।

कालिका गाउँपालिकाका सम्पूर्ण वडामा विद्युत् सेवा सुचारु भइसकेको विवरणमा उल्लेख छ। बाढीपछि अवरुद्ध भएको विद्युत् आपूर्ति पुनःस्थापना गर्न प्राविधिक टोलीले काम गरेपछि कालिकाका सबै वडामा सेवा फर्किएको हो।

त्यस्तै उत्तरगया गाउँपालिकामा विद्युत् सेवा पुनःस्थापनाका लागि काम निरन्तर भइरहेको छ। त्यहाँ पनि भोलि साँझसम्म विद्युत् सेवा सुचारु हुने अपेक्षा गरिएको छ।

आमाछोदिङ्मो गाउँपालिकामा भने सान्जेन जलविद्युत् आयोजनाबाट छुट्टै प्रसारण प्रणालीमार्फत विद्युत् पुनःस्थापनाका लागि गृहकार्य भइरहेको छ। बाढीबाट प्रभावित संरचनाको अवस्था हेरी वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनःस्थापित गर्ने तयारी अघि बढाइएको हो।

यससँगै रसुवामा बाढीबाट प्रभावित विद्युत् प्रणालीलाई क्रमशः सामान्य अवस्थामा फर्काउने काम तीव्र पारिएको छ। धुन्चे बजारमा पूर्ण रूपमा विद्युत् सेवा सुचारु हुनु तथा अन्य क्षेत्रमा समेत पुनःस्थापनाको काम अघि बढ्नुले जिल्लाको जनजीवन र अत्यावश्यक सेवाहरू सामान्य बनाउन थप सहज हुने अपेक्षा गरिएको छ।

Image

Image

Image

Image

 

 

Previous Post

पुनर्निर्माणको ठोस कार्यढाँचा तीन दिनभित्र पेश गर्न मन्त्री लम्सालको निर्देशन

Next Post

नेपालको विपद्प्रति सिक्किमका मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त, पुनर्निर्माणमा भारतको सहयोग रहने विश्वास

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In