• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

भोटेकोशी बाढीमा सम्पर्कविहीनका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१५ भाद्र २०८३, सोमबार
A A
भोटेकोशी बाढीमा सम्पर्कविहीनका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी बाढीपछि सम्पर्कविहीन रहेका स्वदेशी तथा विदेशी नागरिकका परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ।

बाढी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगहरूको वैज्ञानिक परीक्षण गरी सम्पर्कविहीन व्यक्तिसँग डीएनए मिलानमार्फत पहिचान गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पहिचान प्रक्रिया सहज बनाउन सम्पर्कविहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये नजिकका आफन्तले डीएनए नमुना उपलब्ध गराउन प्रहरीले अनुरोध गरेको छ।

नेपालमा रहेका आफन्तले ताजा रगतको नमुना (फ्रेस ब्लड) उपलब्ध गराउन दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने प्रहरीले जनाएको छ।

विदेशमा रहेका आफन्तले फरेन्सिक ल्याबबाट डीएनए प्रोफाइल बनाउनुपर्ने

विदेशमा रहेका सम्पर्कविहीन व्यक्तिका प्रथम श्रेणीका आफन्तले सम्बन्धित देशको आधिकारिक फरेन्सिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ गराउनुपर्नेछ।

त्यसरी प्राप्त भएको डीएनए प्रोफाइलको सफ्ट कपी शव तथा शरीरका अंगसँग तुलना गरी पहिचान गर्न नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन प्रहरीले आग्रह गरेको छ।

डीएनए प्रोफाइल पठाउँदा निम्न विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्ने प्रहरीले जनाएको छः

  • सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता
  • पासपोर्ट वा परिचयपत्रको विवरण
  • सम्पर्कविहीन भएको मिति र स्थान (थाहा भएसम्म)
  • आधिकारिक फरेन्सिक प्रयोगशालाबाट प्राप्त डीएनए प्रोफाइल रिपोर्ट
  • डीएनए नमुना दिने व्यक्ति र सम्पर्कविहीन व्यक्तिबीचको नाता खुल्ने विवरण

शव पहिचानमा डीएनए परीक्षण प्रभावकारी हुने

बाढीपछि विभिन्न स्थानबाट शव तथा शरीरका अंगहरू फेला पर्ने क्रम जारी रहेकाले तिनको पहिचान चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।

यस्तो अवस्थामा डीएनए परीक्षणमार्फत वैज्ञानिक रूपमा शवको पहिचान गर्न तथा बेपत्ता व्यक्तिको अवस्थाबारे यकिन गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ। पहिचान खुलेपछि शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया समेत सहज हुने जनाइएको छ।

डीएनए नमुना तथा पहिचान प्रक्रियासम्बन्धी थप जानकारीका लागि सम्पर्क अधिकृत प्रहरी निरीक्षक शम्भुबहादुर केसीलाई ९८४१६१६०९५८ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

 

Previous Post

रसुवा बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एमालेले १ करोड २० लाख सहयोग गर्ने

Next Post

रसुवा बाढीको उद्धार अवस्थाबारे प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In