• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

रसुवा बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एमालेले १ करोड २० लाख सहयोग गर्ने

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१५ भाद्र २०८३, सोमबार
A A
विपद्मा सरकार खोज्नुपर्ने अवस्था आयो, कहिले काहीँ हेलिकप्टरमा उडेको देखिन्छः ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो तथा डुबानपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले विपद् व्यवस्थापनका लागि पार्टीको केन्द्रीय तहबाटै कोष परिचालन गरी कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गरिने जानकारी दिएका हुन्।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीका तर्फबाट १०–१० लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो।

उक्त सहयोग ग्रहण गर्दै ओलीले विपद्को समयमा राहत रकम सरकारी कोषमा जम्मा गरेर मात्र प्रक्रियागत ढिलाइ गर्नुभन्दा वास्तविक पीडितसम्म छिटो र प्रत्यक्ष रूपमा राहत पुर्‍याउने व्यवस्था आवश्यक रहेको बताए।

सरकारी कोषमा रकम जम्मा गरेपछि लामो प्रक्रियाका कारण पीडितले तत्काल आवश्यक पर्ने खानेपानी तथा अन्य आधारभूत सामग्रीसमेत पाउन नसक्ने अवस्था आउन सक्ने भन्दै उनले राहत वितरणको प्रभावकारी माध्यम पहिचान गर्नुपर्नेमा जोड दिए।

एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउनेभन्दा पनि पीडितको हातमा तत्काल राहत पुर्‍याउने माध्यमलाई प्राथमिकता दिने ओलीले स्पष्ट पारे।

राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन वास्तविक पीडितसम्म छिटो पुग्ने जुनसुकै माध्यम उपयुक्त हुने भएकाले पार्टीले सोहीअनुसार राहत परिचालन गर्ने उनले बताए।

विपद्को यस घडीमा राजनीतिक दल, संघसंस्था, निजी क्षेत्र तथा सबै पक्षले जिम्मेवार भएर राहत, उद्धार र पुनःस्थापनाको कार्यमा जुट्नुपर्नेमा समेत ओलीले जोड दिए।

– न्युज एजेन्सी नेपाल

 

Previous Post

हरवा–चरवाको अधिकार माग्दै मधेस भवन अगाडि एक सातादेखि धर्ना जारी

Next Post

भोटेकोशी बाढीमा सम्पर्कविहीनका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In