• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

संसदीय सुनुवाई समितिको आन्तरिक छलफलमा सावधानी अपनाउन बुर्लाकोटीको आग्रह

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
५ भाद्र २०८३, शुक्रबार
A A
संसदीय सुनुवाई समितिको आन्तरिक छलफलमा सावधानी अपनाउन बुर्लाकोटीको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाई समितिको आन्तरिक छलफल, कानुनी विश्लेषण र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै बुर्लाकोटीले समितिका दस्ताबेज अध्ययन, कानुनी परीक्षण तथा निर्णय प्रक्रियाअघि हुने प्राविधिक र आन्तरिक छलफल सार्वजनिक गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएका हुन्।

समितिका छलफल पारदर्शी हुनुपर्ने भए पनि निर्णयमा पुग्नुअघिका कतिपय आन्तरिक विषय सार्वजनिक गर्दा समितिको कामकारबाही प्रभावित हुन सक्ने उनको भनाइ थियो। सदस्यहरूले समितिमा प्राप्त दस्ताबेज अध्ययन गरे वा नगरेको विषय सम्बन्धित सदस्यकै जिम्मेवारी भएकाले त्यसलाई सभापतिमार्फत सार्वजनिक गर्न आवश्यक नरहेको उनले बताए।

समितिमा प्राप्त हुने उजुरीका विषयमा पनि बुर्लाकोटीले सुनुवाई समितिको क्षेत्राधिकार स्पष्ट हुनुपर्ने धारणा राखे। नियमित रूपमा सूचनाको हक प्रयोग गर्ने तथा विभिन्न विषयमा उजुरी दिने प्रवृत्तिलाई बेवास्ता गर्न नहुने भए पनि समितिको अधिकारक्षेत्रभन्दा बाहिरका उजुरीमा सुनुवाई समितिले छलफल गर्न नहुने उनको भनाइ थियो।

उनले क्षेत्राधिकारभन्दा बाहिरका उजुरीलाई आवश्यक छानबिन तथा कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने सुझाव दिए। त्यस्ता विषय गृह मन्त्रालय वा संसद्को सम्बन्धित समितिमा पठाउन सकिने उनले बताए।

‘समितिले गर्ने अध्ययन, परीक्षण र कानुनी विश्लेषणका आधारमा अन्तिम निष्कर्ष निकाल्नुपर्छ। यस्ता कतिपय विषयमा कानुनी पक्षसमेत जोडिने भएकाले हामी संवेदनशील हुनुपर्छ,’ बुर्लाकोटीले भने।

आफ्नो कार्यक्षेत्रमा नपर्ने विषयमा छलफल गर्दा समितिले न निष्कर्षमा पुग्न सक्ने न त ठोस निर्देशन दिन सक्ने भन्दै उनले प्रक्रियागत रूपमा सम्बन्धित निकायमार्फत अघि बढाउनु उपयुक्त हुने बताए।

बुर्लाकोटीले समितिको समय र गरिमाको रक्षा गर्दै कानुनले तोकेको क्षेत्राधिकारभित्र रहेर मात्र काम गर्न समितिको ध्यानाकर्षण गराए।

ChatGPT is AI and can make mistake

Previous Post

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डलाई इम्बार्क कलेजको साथ, एक जना खेलाडीले १८ लाख सम्मको छात्रवृत्ति पाउने

Next Post

पुराना र अदालतबाट टुंगिएका विषयमा पुनः छलफल आवश्यक छैन : अर्याल

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In