काठमाडौँ । बाढी प्रभावित रसुवाको टिमुरे र स्याफ्रुबेँसीबाट नेपाली सेनाले सात जनाको उद्धार गरेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार टिमुरेबाट चार र स्याफ्रुबेँसीबाट तीन जनालाई उद्धार गरी नुवाकोटको त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा सुरक्षित राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार कार्यलाई निरन्तरता दिइरहेको प्रवक्ता बस्नेतले बताए। प्रभावित क्षेत्रबाट थप कति जनाको उद्धार भयो भन्ने विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिए।
