• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश

प्राकृतिक विपत्तिमा सबै दल एकजुट भएर उद्धार र राहतमा जुट्नुपर्छ : धुर्वराज राई

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
११ भाद्र २०८३, बिहीबार
A A
प्राकृतिक विपत्तिमा सबै दल एकजुट भएर उद्धार र राहतमा जुट्नुपर्छ : धुर्वराज राई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक दल एकजुट भएर उद्धार तथा राहत कार्यमा जुट्नुपर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले विपद्बाट प्रभावित नागरिकको पीडामा मलम लगाउन मानवीय भावनासहित सबै नेपाली एक ठाउँमा उभिनुपर्ने बताए।

विगत ६ महिनाको अवधिमा ठूलो धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै राईले विपद्को सामना गर्न सदनबाट पनि सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइएको जानकारी दिए। आफ्नो पार्टीले बुधबारदेखि नै युवा स्वयंसेवकलाई प्रभावित क्षेत्रमा परिचालन गरी उद्धार कार्य सुरु गरिसकेको उनले बताए।

राहत संकलनका लागि पार्टीले सार्वजनिक गरेको क्यूआर कोडबारे स्पष्ट पार्दै राईले संकलित रकम पारदर्शी रूपमा सरकारको निगरानीमा खर्च गरिने बताए। सरकारको खातामा सहयोग गर्न चाहनेले सोझै सरकारी खातामार्फत सहयोग गर्न सक्ने पनि उनले उल्लेख गरे।

राईका अनुसार पार्टीको प्राथमिकता नगद वितरणभन्दा आवश्यक सामग्री संकलन गरी पीडितसम्म पुर्‍याउने र स्वयं श्रममार्फत सहयोग गर्ने रहेको छ।

विपद्को समयमा भएका अमानवीय गतिविधिप्रति आक्रोश व्यक्त गर्दै राईले मृतक तथा घाइतेका शरीरबाट सुनका गहना लुट्ने जस्ता घटनामा संलग्नलाई तत्काल कारबाही गर्न गृहमन्त्रीसँग आग्रह गरेको बताए।

उनले विगतका विपद्मा जस्तै पुनर्निर्माणको काम केही समयपछि सुस्ताउने अवस्था दोहोरिन नहुनेमा जोड दिए। भोटेकोशी र सुनकोशी क्षेत्रका पुलहरू अझै निर्माण हुन नसकेको उदाहरण दिँदै उनले अहिलेको क्षतिको वैज्ञानिक अध्ययन गरी पुनर्निर्माणको काम छिटो अघि बढाउनुपर्ने बताए।

पुनर्निर्माणका लागि सरकारले अघि बढाउने योजनामा आफ्नो पार्टीको पूर्ण समर्थन रहने प्रतिबद्धता पनि सांसद राईले व्यक्त गरे।

Previous Post

राष्ट्रिय विपत्तिमा सबै राजनीतिक दल सरकारसँगै छन् : गगन थापा

Next Post

सर्वदलीय बैठकबाट १० बुँदे साझा संकल्पसहित अपिल जारी

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In